भारतमा शेख हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशको आपत्ति

काठमाडौं- निर्वासनमा भारतमा बसिरहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना ले नयाँ दिल्लीबाट गर्न लाग्नुभएको भर्चुअल सम्बोधनप्रति बङ्गलादेश सरकारले आपत्ति जनाएको छ। बङ्गलादेशले भारत सरकारसँग यस विषयमा आफ्नो धारणा स्पष्ट पार्न आग्रह गर्दै निर्वासनमा रहेका व्यक्तिलाई राजनीतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख दुई देशबीचको सम्बन्धमा असर पर्न सक्ने चेतावनी दिएको छ।

यो प्रतिक्रिया अगस्ट ५ मा नयाँ दिल्लीस्थित दक्षिण एसियाली विदेशी संवाददाता क्लब (एफसीसीएसए) ले आयोजना गर्ने कार्यक्रममा शेख हसिनाको प्रस्तावित सहभागितापछि आएको पहिलो आधिकारिक धारणा हो। क्लबका अनुसार ७८ वर्षीया शेख हसिनाले आफ्ना छोरा सजिब वाजेद जोय तथा अन्य वक्तासँगै भिडियोमार्फत कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सन् २०२४ अगस्टमा विद्यार्थी–नेतृत्वको आन्दोलनपछि बङ्गलादेश छोडेर भारतमा बस्दै आएकी शेख हसिनालाई स्वदेश फर्काउन बङ्गलादेश सरकारले भारतसँग सुपुर्दगीको प्रयास गरिरहेको छ। आफूविरुद्ध विभिन्न मुद्दा दर्ता भए पनि हसिनाले आउँदो डिसेम्बरमा बङ्गलादेश फर्कने योजना रहेको बताएकी छन्।बङ्ग लादेशकी विदेश मामिला राज्यमन्त्री शामा ओबेद इस्लाम ले भारतसँग भविष्यकेन्द्रित सम्बन्ध अघि बढाइरहेको अवस्थामा शेख हसिनाको प्रस्तावित सम्बोधनबारे भारतको आधिकारिक धारणा स्पष्ट हुनुपर्ने बताएकी छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्