दोहोरो अंकले घट्यो शेयर बजार, नेप्से २१.१५ अंकले ओरालो

काठमाडौं – साताको दोस्रो कारोबार दिन मंगलबार नेपाली शेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१५ अंकले घटेर २ हजार ६६३.१८ विन्दुमा झरेको हो। आज कारोबार भएका सबै समूहका उपसूचक राताम्मे बनेका छन्। उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूहको उपसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबारमा सहभागी ३४३ कम्पनीमध्ये २१३ कम्पनीको शेयर मूल्य घटेको, ५९ कम्पनीको बढेको तथा ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य झण्डै १३.५ प्रतिशतले घटेको छ भने बजार घटेका बेला एभरेस्ट कलरको शेयर मूल्य १५ प्रतिशतले बढेर सर्वाधिक लाभ कमाउने कम्पनी बनेको छ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार १ करोड ७ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्