साम्राज्ञीले अब युट्युबमा अन्तरवार्ता नदिने, भनिन् ‘वाक्क दिक्क भएकी छु’

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले युट्युब मिडियालाई अन्तरवार्ता नदिने बताएकी छिन् । युट्युव मिडियाका अन्तर्वार्ताले आफुलाई असर पुग्ने गरेको भन्दै उनले यस्तो निणर्य लिएकी हुन् । केही दिन अगाडि फिल्म अभिनयको सिलसिलामा आफुले भोगेको दुर्ब्यवहार बाहिर ल्याएकी शाहले सामाजिक सञ्जालमार्फत आफ्नो तितो अनुभव दर्शकमाझ शेयर गरिरहेकी छन् । यसै क्रममा शाहले मंगलबार इस्टाग्राममा शेयर गरेको भिडियोमा युट्युव पत्रकारलाई अबदेखि अन्तवार्ता नदिने बताएकी हुन् ।

‘यो दुई दिनयता मलाई अन्तरवार्ताका लागि धेरै फोन आउने गरेको छ । तर मैले कसैलाई पनि अन्तवार्ता दिएकी छैन’ शाहले भनिन् ‘हामी हिरोइनले धेरै पटक मिडियामा आफ्नो कुरा पोख्न खोजेका छौ । तर हाम्रो अन्तवार्ताको हेडलाइन बिगारेर, घिनलाग्दो राखेर हामीलाई नै असर पुग्ने समाचार बनाउने गरेका छन् ।’

उनले थपिन् ‘आफुले युट्युवरलाई अन्तरवार्ता नदिनुको कारण पनि यही हो ।’ आफ्नो अन्तरवार्ता बेचेर थुप्रै युटयुवका पत्रकारले पैसा कमाउने गरेको समेत बताएकी शाहले युट्युवरबाट आफु वाक्क दिक्क भएको बताएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्