दुर्गा प्रसाईंविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज

 

काठमाडौं । दुर्गा प्रसाईंको हकमा उनकी श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

न्यायाधीशहरू हरि फुयाल र मेघराज पोखरेलको इजलासले रिट खारेज गरेको हो। रिटमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटी, काठमाडौंलगायतलाई विपक्षी बनाइएको थियो।

रिट खारेज भएसँगै प्रसाईंलाई प्रहरीले थुनामा राखेर अघि बढाइरहेको अनुसन्धानले निरन्तरता पाउने भएको छ।

रास्वपाकी सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा साइबर ब्युरोले प्रसाईंलाई असोज १२ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कसुर गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो।

यसैबीच, काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आजै प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी शिवप्रसाद खतिवडाले जानकारी दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्