सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २७ सय, सबै भन्दा बढी प्रदेश २ मा, अरु कुन प्रदेशमा कति ?

काठमाडौं – नेपालमा बुधबार ४ सय ८२ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १४ हजार ४६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी प्रदेश २ र प्रदेश ५ प्रभावित भएका छन् । प्रदेश २ मा संक्रमित संख्या ३ हजार ८ सय ५६ जना र प्रदेश ५ मा ३ हजार ८ सय ४३ जना पुगेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा २७ सय, कर्णाली प्रदेशमा १५०८, गण्डकी प्रदेशमा १०५८, प्रदेश १ मा ६२३ र बागमती प्रदेशमा ४५८ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा २८, प्रदेश २ मा ६२, बागमती प्रदेशमा ३०, गण्डकीमा ४१, प्रदेश ५ मा ३६, कर्णालीमा ४२ र सुदूरपश्चिम प्रदेशमा २४३ जना संक्रमित थपिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्