इब्सल सञ्ज्याल र केशव अधिकारीको स्वरमा ‘रसुवामा भाङ्गे झरना’ सार्वजनिक

काठमाडौं – गायक तथा सर्जक केशव अधिकारीको नयाँ नेपाली लोकदोहोरी गीत ‘रसुवामा भाङ्गे झरना’ सार्वजनिक भएको छ। आइतबार केशव एडीके अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा केशव अधिकारी र चर्चित लोकदोहोरी गायिका इब्सल सञ्ज्यालको स्वर रहेको छ। गीतको शब्द तथा संगीत केशव अधिकारी स्वयंले सिर्जना गरेका हुन् भने संगीत संयोजन मदन सफिक्सले गरेका छन्। गीतको रेकर्डिङ एरिका रेकर्डिङ स्टुडियो, काठमाडौंमा गरिएको हो। गीतमा गोपाल देवको बाँसुरी, पोषण राज घर्तीको मादल तथा धर्म गन्धर्वको सारङ्गीको मिठास समेटिएको छ।

गीतको भिडियो उमेश कार्की (यूके)ले निर्देशन गरेका छन्। भिडियोमा केशव अधिकारी र इब्सल सञ्ज्यालको अभिनय रहेको छ भने छायांकन मरुभूमि नारायण, सम्पादन उमेश कार्की (यूके) र मेकअप सरोज पाण्डेले गरेका छन्। भिडियोमा रसुवाको प्रसिद्ध भाङ्गे झरना र कालीकोटको पचाल झरनाका मनमोहक दृश्य समेटिएका छन्। प्राकृतिक सम्पदाको सौन्दर्यलाई गीतमार्फत उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले भिडियो निर्माण गरिएको गायक तथा सर्जक केशव अधिकारीले बताए।

निर्माण पक्षका अनुसार लोकदोहोरी संगीतसँगै नेपालको प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले तयार गरिएको ‘भाङ्गे झरना’ले सम्बन्धित क्षेत्रको पर्यटन विकासमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। गीत आइतबारदेखि दर्शक तथा श्रोतामाझ उपलब्ध भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्