छैटौं नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० को विजेता गेट वे स्कुल

काठमाडौं – गेट वे स्कुल छैटौं नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० को विजेता बनेको छ । सोमबार भक्तपुरको सानोठिमीमा रहेको मध्यपुर युथ एसाेशिएनको खेल मैदानमा भएको फाइनल खेलमा बह्मकुञ्ज शिक्षा सदनलाइ ३-० गोल अन्तरले पराजित गर्दै गेट वे स्कुल विजेता बनेको हो । आजको खेलमा म्यान अफ द म्याच भने गेटवे स्कुलका प्रदिप खत्री भएका छन् । उनले खेलको १२ औँ मिनेटमा पहिलो गोल र ३८ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । यस्तै सन्दिप सिवाकोटीले दोस्रो हाफको पाँचाैँ मिनेटमा एक गोल गरेका थिए ।

मंसिर २८ गतेबाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको छ । नेक्सस इन्टरनेशनल स्कुलका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल आरबी कटवालको अध्यक्षता तथा नेशनल प्याबसन केन्द्रीय समिती अध्यक्ष डिके ढुंगानाको प्रमुख आथित्यतामा एक कार्यक्रमको आयोजना गर्दै विजेता तथा उपविजेता स्कुल टीमलाइ सम्मान गरिएको छ ।

प्रथम अर्थात विजेता हुने गेटवे स्कुलले ५० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने उपविजेता तथा द्वितीय हुने स्कुल टीम बह्मकुञ्ज शिक्षा सदनले नगद रु २५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यस्तै विभिन्न विधामा ट्रफि तथा मेडल प्रदान गरिएको छ । जसमा वेष्ट प्लेयर अफ द टुर्नामेन्टको अवार्ड गेटवे एकेडेमीका प्रदिप खत्रीले प्राप्त गरेका छन् भने वेष्ट किपरतर्फको अवार्ड गेटवेका क्याप्टेन रोहन महतले प्राप्त गरेका छन् । यसैगरी वेष्ट डिफेन्डरतर्फको अवार्ड नेक्सस स्कुलका हार्दिक विक्रम विष्टले पाएका छन् ।

वेष्ट मिड फिल्डर अवार्ड गेटवेका दर्शन केसीले पाएका छन् भने वेष्ट स्ट्राइकको अवार्ड ब्रह्मकुञ्ज शिक्षा सदनका निशान तामाङले पाएका छन् । गेट वे स्कुलका कोच स्वारिन नापिन वेष्ट कोच भएका छन् । यस्तै कस्तुप एकेडेमी फेयर प्ले अवार्ड प्राप्त गरेको प्रतियोगिताका संयोजक तथा आयोजक नेक्सस इन्टरनेशन एकेडेमीका निर्देशक विवेक कटवालले जानकारी दिनुभयो ।

याे पनि पढ्नुहाेस्

छैटौं नेक्सस संकटा क्लब फुटवलकाे फाइनलमा गेट वे र बह्मकुञ्ज स्कुल, फाइनल पौष ९ गते हुने

गेटवे, अर्किड, ब्रह्मकुञ्ज र एकलब्य स्कुल नेक्सस संकटा क्लब फुटवलकाे सेमिफाइनलमा

नेक्सस संकटा फुटवल: अर्किड स्कुल र एकलब्य स्कुल विजयी, पर्सि क्वाटरफाइनल

छैटौं नेक्सस संकटा क्लब फुटवल प्रतियोगितामा गेटवे एकेडेमी र बह्मकुञ्ज स्कुल विजयी

छैठौँ नेक्सस संकटा क्लब फुटवल: नेक्सस, भिमेश्वर र लाइसियम स्कुल विजयी

छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिताको उद्घाटन खेलमा कस्तुप एकेडेमी विजयी

छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० आजबाट सुरु

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्