इजरायलको आक्रमणमा ७० जना शरणार्थी मारिए

गाजा, ९ पुस । इजरायलको आक्रमणमा थप ७० जना शरणार्थी मारिएको दाबी गरिएको छ ।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा मध्य गाजामा रहेको अल–मगाजी शरणार्थी शिविरमा आक्रमण गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको दाबी गरेको छ।

आक्रमणमा घाइते भएका दर्जनौँ मानिसलाई  अल–अक्सा अस्पतालमा लगिएको छ ।

सार्वजनिक भएका भिडियो फुटेजमा केही बालबालिकाको अनुहारमा रगत लतपोतिएको देखिन्छ ।

 

मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राका अनुसार आक्रमणबाट सघन जनसंख्या भएको आवासीय ब्लक ध्वस्त भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्