प्रधानमन्त्री कप महिला टी- २० मा एपीएफको लगातार चौथो जित

काठमाडौँ, ९ पुस । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा विभागीय टोलि एपीएफले कोशी प्रदेशलाई पराजित गरेको छ ।

 

सोमबार सम्पन्न खेलमा एपीएफले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।

 

कोशी प्रदेशले दिएको ८५ रनको लक्ष्य पछाएको एपीएफले १७.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि कोशी प्रदेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा २ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

 

यो यस प्रतियोगितामा एपीएफको लगातार चौथो जित हो । यो जितपछि ४ खेलमा ८ अंकसहित एपीएफ शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै कोशी प्रदेशको भने यो खेलपछि ४ खेलमा ६ अंक रहेको छ र तेस्रो स्थानमा झरेको छ ।

 

अब एपीएफले अर्को खेल बुधबार कर्णाली प्रदेशसँग खेल्ने छ भने कोशी प्रदेशले बुधबार नै गण्डकी प्रदेशसँग खेल्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्