छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिताको उद्घाटन खेलमा कस्तुप एकेडेमी विजयी

काठमाडाैं – छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० को उद्घाटन खेलमा कस्तुप एकेडेमी विजयी भएको छ । विहिबार भक्तपुरको मध्यपुरथिमीमा रहेको मध्यपुरथिमी युथ एसोसिएसनको खेल मैदानमा सुरु भएको उद्घाटनको पहिलो खेल कस्तुप एकेडेमी र भक्तपुर इङ्ग्लिस सेडेण्डरी स्कुलबीच भएको हो । जसमा ५–२ गोलअन्तरले कस्तुप विजयी भएको छ ।
आज भएको खेलमा कस्तुपका कुसल बर्देवा म्यान अफ द म्याच घोषित भएका छन् । प्रतियोगिताको आजै प्याब्सन केन्द्रिय समितिका महासचिव तथा आयोजक विद्यालय नेक्सस् इन्टरनेशनल एकेडेमीका संस्थापक प्राचार्य आर बी कटवालको सभापतित्व तथा प्याब्सन केन्द्रिय कार्य समितिका अध्यक्ष डिके ढुंगानाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

याे पनि पढ्नुहाेस्

छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० आजबाट सुरु

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्