छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० आजबाट सुरु

छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० आजबाट सुरु भएको छ । विहिबार भक्तपुरको मध्यपुरथिमीमा रहेको मध्यपुरथिमी युथ एसोसिएसनको खेल मैदानमा सुरु भएको हो । प्याब्सन केन्द्रिय समितिका महासचिव, नेक्सस् सङ्कटा युथ फुटवल एकेडेमीका अध्यक्ष, एम्बिसन् कलेज÷एम्बिसन एकेडेमीका फाउण्ड, जुगल बोर्डिङ हाइस्कुलका अध्यक्ष तथा आयोजक विद्यालय नेक्सस् इन्टरनेशनल एकेडेमीका संस्थापक प्राचार्य आर बी कटवालको सभापतित्व तथा प्याब्सन केन्द्रिय कार्य समितिका अध्यक्ष, लायन्स क्लबका पूर्व गभर्नर, रेडियन्ट रिडर्स एकेडेमीका संस्थापक प्रिन्सिपल, मोटिभेसनल स्पिकर तथा शिक्षासेवी डिके ढुंगानाको प्रमुख आतिथ्यतामा आज प्रतियोगिताको उद्घाटन गरिएको छ ।


उद्घाटन सत्रमा प्रमुख अतिथि तथा सभापतिले खेलाडीहरुको हौसलाका लागि आफ्नो भनाई राखेका थिए । उद्घाटनमा नेक्सस स्कुलका एनसीसी जुनियर क्याडेटहरुले मार्चपास प्रदर्शन गरेका थिए भने नेक्सस् स्काउट ट्रुपले पिरामिड प्रदर्शन गरेका थिए ।

हरेक बर्ष आयोजना हुदैँ आइरहेको नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता यस बर्षछैटौँ संस्करणमा प्रवेश गरेका छ । उद्घाटन सत्रमा आज भक्तपुर इङ्ग्लिस सेडेण्डरी स्कुल र कस्टुप एकेडेमीविच पहिलो खेल हुने भएको छ । उद्घाटन सत्रको सञ्चालन योगराज पौडेलले गरेका थिए ।


कार्यक्रममा प्याब्सन केन्द्रिय कार्य समितिका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा अन्य प्रतिनिधि लगायत विभिन्न विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्