गेटवे, अर्किड, ब्रह्मकुञ्ज र एकलब्य स्कुल नेक्सस संकटा क्लब फुटवलकाे सेमिफाइनलमा

काठमाडौं – छैटौं नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज क्वाटर फाइनलका खेल भएका छन् । जसमा गेटवे स्कुल, अर्किड स्कुल, ब्रह्मकुञ्ज स्कुल र एकलब्य स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज पहिलो खेल गेट वे स्कुल र लाईसियम स्कुल विच भएको थियो । जसमा गेट वे स्कुल ४–० गोल अन्तरले विजयी भएको छ ।
स्वरुप प्रसाई म्यान अफ द म्याच घोषित भएका छन् ।

यसैगरी आजै भएको क्वाटर फाइनल अन्तर्गतको दोस्रो खेलमा ब्रह्मकुञ्ज स्कुल विजयी भएको छ । भिमेश्वर एकेडेमीसँग निर्धारित ९० मिनेटमा गोल बराबरीमा रहेपछि खेल पेनाल्टी सुट आउटको माध्यमबाट खेलाइएको थियो । जसमा भिमेश्वर एक गोल गरे भने ब्रह्मकुञ्ज स्कुलले ३ गोल गर्दै सेमिफाइनको यात्रा सुनिश्चित गरेका छन् । जसमा रियाज नगरकोटी म्यान अफ द म्याच भए ।

यस्तै तेस्रो खेलमा एकलब्य शिक्षा सदन विजयी भएको छ । आयोजक नेक्ससलाई ३–१ गोल अन्तरले पराजित गर्दै एकलब्य शिक्षा सदन सेमिफाइनलमा पुगेको छ । प्रवेश खड्का म्यान अफ द म्याच भएका छन् ।

यसैगरी आजे भएको क्वाटरफाइनलको अन्तिम खेलमा अर्किड प्युपल सेकेण्डरी स्कुल विजयी भएको छ । कस्तुप एकेडेमीलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्किड स्कुल विजयी भएको हो । अर्किडका सुमन खड्का म्यान अफ द म्याच भएका छन् ।

अब सेमिफाइन खेल पौष ५ गते हुने भएको छ । जसमा पहिलो खेल १२ बजे गेटवे एकेडेमी र एकलब्य शिक्षा सदन विच हुने छ भने दोस्रो खेल दिउँसो २ बजे अर्किड स्कुल र ब्रह्मकुञ्ज स्कुलबीच हुनेछ । खेल सानोठिमी स्थित मध्यपुर युथ क्लबको खेल मैदानमा हुनेछ ।

 

याे पनि पढ्नुहाेस्

नेक्सस संकटा फुटवल: अर्किड स्कुल र एकलब्य स्कुल विजयी, पर्सि क्वाटरफाइनल

छैटौं नेक्सस संकटा क्लब फुटवल प्रतियोगितामा गेटवे एकेडेमी र बह्मकुञ्ज स्कुल विजयी

छैठौँ नेक्सस संकटा क्लब फुटवल: नेक्सस, भिमेश्वर र लाइसियम स्कुल विजयी

छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिताको उद्घाटन खेलमा कस्तुप एकेडेमी विजयी

छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० आजबाट सुरु

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्