दार्चुलाबाट चोरी र चेक अनादर मुद्दामा लेकम गाउँपालिका एकजना र महाकालीका एक जना पक्राउ

दार्चुला, ३ पुस । नकबजनी चोरी र चेक अनादर मुद्दामा अदालतले दोषी ठहर गरेका फरार २ जना प्रतिवादीलाई दार्चुला प्रहरीले एकैदिनमा पक्राउ गरेको छ। विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा प्रहरीले सोमवार २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-४ का प्रेमसिंह बुढाथोकी र लेकम गाउँपालिका-१ का एक नाबालक रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए।

बुढाथोकीलाई २०८० असोज १५ गते चेक अनादर मुद्दामा जिल्ला अदालत दार्चुलाले २ हजार जरिवाना तोकेको थियो भने लेकम गाउँपालिका-१ का नाबालकलाई नकबजनी चोरी मुद्दामा २०७७ माघ १२ गते २० हजार जरिवानासहित १ वर्ष ११ महिना १२ दिन कैद सजाय सुनाइएको थियो। उनीहरूलाई मंगलवार जिल्ला अदालतमा पेश गराईएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्