नेक्सस संकटा फुटवल: अर्किड स्कुल र एकलब्य स्कुल विजयी, पर्सि क्वाटरफाइनल

काठमाडौं – छैटौं नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज दुइ खेल भएका छन् । जसमा पहिलाे खेल नेपाल डन बोस्को स्कुल र एकलब्य शिक्षा सदन विच भएको छ भने दोस्रो खेल अर्किड प्युपल सेकेण्डरी स्कुल र भक्तपुर निष्टबिच भएको छ ।

जसमा आज भएको पहिलो खेल एक एक गोलको बराबरीमा सकिएपछि एकलब्य ४-३ गोलअन्तरले विजयी भएको छ । एकलब्य शिक्षा सदनका अनिल शाही म्यान अफ द म्याच घोषित भएका छन् ।

यसैगरी आजै भएको दोस्रो खेलमा अर्किड स्कुल विजयी भएको छ । भक्तपुर निष्टलाई ४-० गोलअन्तरले पराजित गर्दै अर्किड स्कुल विजयी भएको हो । म्यान अफ द म्याच अर्किड स्कुलका सुमन खड्का भएका छन् ।

यसैगरी क्वाटर फाईनलका खेल पर्सि पौष ३ गते हुने भएका छन् । क्वाटर फाईनल खेल गेटवे स्कुल र लाईसियम स्कुलविच विहान ८:३० बजेहुनेछ भने ब्रह्मकु्ञ्ज स्कुल र भिमेश्वर स्कुलविच विहान १०:३० बजे हुनेछ । यसैगरी एकलब्य स्कुल र नेक्सस स्कुलबिच १२:३० बजे हुनेछ भने अर्किड स्कुल र कस्तुप स्कुलबीच २:३० बजे हुने आयोजक नेक्सस् स्कुलका इभेन्ट कोअर्डिनेटर विवेक कटवालले जानकारी दिनुभयो ।

 

याे पनि पढ्नुहाेस्

छैटौं नेक्सस संकटा क्लब फुटवल प्रतियोगितामा गेटवे एकेडेमी र बह्मकुञ्ज स्कुल विजयी

छैठौँ नेक्सस संकटा क्लब फुटवल: नेक्सस, भिमेश्वर र लाइसियम स्कुल विजयी

छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिताको उद्घाटन खेलमा कस्तुप एकेडेमी विजयी

छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० आजबाट सुरु

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्