छैटौं नेक्सस संकटा क्लब फुटवल प्रतियोगितामा गेटवे एकेडेमी र बह्मकुञ्ज स्कुल विजयी

काठमाडौं – छैटौं नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज भएको पहिलो खेलमा गेटवे एकेडेमी विजयी भएको छ । ग्लोबल पब्लिक स्कुललाई ४–१ गोलअन्तरले पराजित गर्दै गेटवे विजयी भएको हो । गेटवेका सन्दिप सिवाकोटी म्यान अफ द म्याच घोषित भएका छन् ।

यसैगरी आजै भएको दोस्रो खेलमा बह्मकुञ्ज शिक्षा सदन स्कुल विजयी भएको छ । ग्रामर स्कुललाई २–० गोलअन्तरले पराजित गर्दै बह्मकुञ्ज शिक्षा सदन विजयी भएको हो । म्यान अफ द म्याच अभिष्कर पौडेल भएका छन् ।

यसैगरी भोली दुई खेल हुने भएका छन् । जसमा पहिलो खेल दिउँसो १२ बजे नेपाल डन बोस्को स्कुल र एकलब्य शिक्षा सदन विच हुने भएको छ । भने अर्काे खेल दिउँसो २ बजे अर्किड प्युपल सेकेण्डरी स्कुल र भक्तपुर निष्टबिच हुने आयोजक नेक्सस् स्कुलका इभेन्ट कोअर्डिनेटर विवेक कटवालले जानकारी दिनुभयो ।

याे पनि पढ्नुहाेस्

छैठौँ नेक्सस संकटा क्लब फुटवल: नेक्सस, भिमेश्वर र लाइसियम स्कुल विजयी

छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिताको उद्घाटन खेलमा कस्तुप एकेडेमी विजयी

छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० आजबाट सुरु

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्