मेलम्चीको पानी खोई? भन्दै पौष २ गते सरकारविरुद्ध विरोध प्रदर्शन हुने

काठमाडौँ उपत्यका संघर्ष समितिले मेलम्चीको पानी खोई? भन्दै पौष २ गते सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । विहान ११ बजे सबैलाई एकठाउँमा जम्मा भई सरकारविरुद्ध उत्रिन संघर्ष समितिले आह्वान गरेको छ । सकेसम्म कोटेश्वर चोकदेखि तिनकुने, मिनभवनतर्फ विरोध र्‍याली जाने छ । सोहि यालीमा सहभागी हुन १ घण्टा आफ्नो काम छोडेर भएपनि उपस्थित हुने आग्रह गरिएको छ ।

मनसुन समाप्त भएको ३ महिना वितिसक्दा समेत मेलम्चीको पानी नछोडिएको, संघर्ष समितिबाट पटक पटक स्थलगतरुपमा हेडवक्र्स निरीक्षण गरिएको र हेडवक्र्समा कुनै प्राविधिक समस्या नभएको र व्यवस्थापकीय पक्षको कमजोरी भएको भन्दै आन्दोलन गर्ने भएको छ । स्थानीय जनताले कुनै अवरोध नगर्ने भन्दा पनि सरकार मौन बसेको र कमिसनको चलखेलमा लागेको संघर्ष समितिले आरोप लगाएको छ ।

 

विभागीय मन्त्री लगायत मेलम्ची खानेपानी विकास समितिमा ज्ञापन पत्र पेश गर्नुका साथै धर्ना दिदा समेत कुनै सुनुवाई नभएको मूल संघर्ष समितिका क्रियाशिल सदस्य तथा कोटेश्वरका स्थानीय हरि गौतमले जानकारी दिनुभयो । विभागीय मन्त्रीले समेत पानी आउछ भनेको ३ महिना वितिसक्दा पनि सरकारपक्षले चासो नदेखाएको प्रष्ट देख्न सकिन्छ । सरकारले चाहेमा एकै दिनमा मेलम्चीको पानी काठमाडौँमा झार्न सकिने भएपनि त्यसतर्फ चासो नदेखाएको संघर्ष समतिले आरोप लगाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्