छैठौँ नेक्सस संकटा क्लब फुटवल: नेक्सस, भिमेश्वर र लाइसियम स्कुल विजयी

काठमाडौं – छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज दोस्रो दिन भएको पहिलो खेलमा नेक्सस स्कुल विजयी भएको छ । सानोठिमीमा रहेको मध्यपुर युथ एसोसिएनको खेलमा मैदानमा बेष्ट ग्रुप भिजन स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै नेक्सस स्कुल विजयी भएको हो । खेलमा नेक्सस स्कुलका हार्दिक विष्ट म्यान अफ म्याच भएका छन् ।

यसैगरी आजै भएको दोस्रो खेलमा लाइसियम प्याराडाइज स्कुल विजयी भएको छ । ग्रीनवीच स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै लाइसियम स्कुल विजयी भएको हो । जसमा लाइसिएमका सुसेश सेडी म्यान अफ द म्याच घोषित भएका छन् ।
यस्तै आज तीन खेल भएका छन् ।आज भएको अन्तिम तथा तेस्रो खेल भिमेश्वर एकेडेमीले जितेको छ । मोनाष्टिक इङग्लिस सेकेण्डरी स्कुललाई ४–२ गोलअन्तरले पराजित गर्दै मोनाष्टिक स्कुल विजयी भएको छ । भिमेश्वरका रुपेश थापा म्यान अफ द म्याच भएका छन् ।

१६ विद्यालय टीम सहभागी भएको प्रतियोगितामा भोलि दुई खेल हुने भएका छन् । गेटवे एकेडेमी र ग्लोबल पब्लिक स्कुलबीच भोलि विहान ११ बजे पहिलो खेल हुनेछ भने दिउँसो २ बजे बह्मकुञ्ज स्कुल र ग्रामर स्कुलबीच हुने आयोजक नेक्सस् स्कुलका इभेन्ट काेअर्डिनेटर विवेक कुटवालले जानकारी दिनुभयो ।

याे पनि पढ्नुहाेस्

छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिताको उद्घाटन खेलमा कस्तुप एकेडेमी विजयी

छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० आजबाट सुरु

   

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्