भ्याली भ्यु विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौं – काठमाडौंको मध्ये बानेश्वरस्थित भ्याली भ्यु स्कुलले आज विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

नेपाल पर्यटन बोर्ड र टुरिज्म रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युटको सहकार्यमा आयोजित कार्यक्रमका वक्ताहरूले बागमती प्रदेशको पर्यटन प्रवर्द्धन गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए। ‘बागमती प्रदेशको पर्यटन र सम्भावना’ विषयक वक्तृत्वकला प्रतियोगितामा भ्याली भ्यू स्कुलका माध्यामिक तहमा अध्ययनरत ९ जना विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए।

वक्तृत्वकला प्रतियोगितामा भ्याली भ्यु स्कुलका विद्यार्थी युगान्तिका घिमिरे प्रथम, अनुष्का आचार्य द्वित्तीय र विशेष पौडेल तृतीय भएको स्कुलका प्राध्यानाध्यापक सुभाषचन्द्र भण्डारीले जानकारी दिए। वक्तृत्वकलामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरष्कृत गरिएको छ।

साथै पर्यटकीय क्षेत्रको संरक्षण र स्थानीय पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले ११ सदस्यीय विद्यालय पर्यटन क्लब समेत गठन गरिएको स्कुलका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सन्तोष चापागाईले जानकारी दिए।

बालबालिकाहरूद्वारा वागमती प्रदेशको संस्कृति झल्किने नृत्य तथा पर्यटनमा आधारित गीतहरू गाएर कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरिएको थियो । आगामी दिनमा भ्याली भ्यु स्कुलमा गठन गरिएको बाल क्लबले पर्यटनमा आधारित रचनात्मक गतिविधिहरू आयोजना गर्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्