छैटौं नेक्सस संकटा क्लब फुटवलकाे फाइनलमा गेट वे र बह्मकुञ्ज स्कुल, फाइनल पौष ९ गते हुने

काठमाडौं – छैटौं नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० अन्तर्गत गेट वे स्कुल र बह्मकुञ्ज शिक्षा सदन फाइनलमा प्रवेश गरेका छन् ।
आज भएको सेमिफाइन खेलबाट यी दुई विद्यालय फाइनलमा प्रवेश गरेका छन् ।

आज भएको पहिलो सेमिफाइनल खेलमा एकलब्य शिक्षा सदनलाई २–० गोल अन्तरले पराजित गर्दै गेट वे स्कुल विजयी भएको हो । गेट वे का प्रदिप खड्का म्यान अफ द म्याच भएका छन् ।

यस्तै आजै भएको सेमिफाइनल अन्तर्गतको दोस्रो खेलमा अर्किड प्युपल सेकेण्डरी स्कुललाई ४–१ गोल अन्तरले पराजित गर्दै बह्मकुञ्ज शिक्षा सदन विजयी भएको छ । यस्तै बह्मकुञ्ज स्कुलका निशान्त तामाङ म्यान अफ द म्याच घोषित भएका छन् ।

यसैगरी अब फाइन खेल पौष ९ गते हुने भएको छ । विहान ११ ३० बजे सानोठिमी स्थित मध्यपुर युथ क्लबको खेल मैदानमा फाइन खेल हुन आयोजक अर्किड स्कुलका इभेन्ट कोअर्डिनेटर विवेक कटवालले जानकारी दिनुभयो ।

याे पनि पढ्नुहाेस्

गेटवे, अर्किड, ब्रह्मकुञ्ज र एकलब्य स्कुल नेक्सस संकटा क्लब फुटवलकाे सेमिफाइनलमा

नेक्सस संकटा फुटवल: अर्किड स्कुल र एकलब्य स्कुल विजयी, पर्सि क्वाटरफाइनल

छैटौं नेक्सस संकटा क्लब फुटवल प्रतियोगितामा गेटवे एकेडेमी र बह्मकुञ्ज स्कुल विजयी

छैठौँ नेक्सस संकटा क्लब फुटवल: नेक्सस, भिमेश्वर र लाइसियम स्कुल विजयी

छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिताको उद्घाटन खेलमा कस्तुप एकेडेमी विजयी

छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० आजबाट सुरु

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्