भानुभक्त जोशीको निर्देशनमा ‘ठण्डाराम, तथाराम, खलास’ डेउडा गीत सार्वजनिक (भिडियो)

काठमाडौँ – चर्चित डेउडा गायक भानुभक्त जोशीको निर्देशनमा बनेको नयाँ डेउडा गीत सार्वज्निक भएको छ । भानुभक्त जोशी र टेक ऐरको शब्द तथा भुवन वडू र भानुभक्त जोशीको संगित रहेको ‘ठण्डाराम, तथाराम, खलास’ नामक डेउडा गीतमा बैतडी, डोटी र अछामको बर्णन गरिएको छ । भुवन बडू, भानुभक्त जोशी, टेक ऐर र हेमराज अधिकारी ‘खण्ड्याखलास’को स्वर रहेको छ । गीतमा भानुभक्त जोशी, टेक ऐर, हेमराज अधिकारी र भुवन बडूले अभिनय गरेका छन् । अमन बडूले छायांकन गरेको उक्त गीतलाई अमन बडूले नै सम्पादन गरेका हुन् । गीतलाई भानुभक्त जोशीले निर्देशन गरेका छन् । गीतको एरेन्ज भुवन बडूले गरेका छन् भने मिक्सिङ जीवन बडूले गरेका छन् । यो गीत विग परिवेश नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्