डिलासैनीको बजेट ६२ करोड ३५ लाख, के–के छन् प्राथमिकतामा ?

काठमाडौँ – बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार आर्थिक बर्ष २०७९–८०को बजेट सार्वजनिक गरेको छ । पालिकाले आर्थिक बर्ष ०७९–८० का लागि ६२ करोड ३५ लाख ५९ हजार रकमको बजेट ल्याएको हो । बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा चिकित्सकीय सेवा प्रदान गर्न एक जना डाक्टर र एक जना जनस्वास्थ्य अधिकृतको व्यवस्था गरिने बजेटमा उल्लेख छ । माध्यमिक तहका १२ ओटै विद्यालयमा एक एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । विद्यालयमा स्वास्थ्यकर्मी कार्यक्रमअन्तर्गत विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गरिने समेत उल्लेख छ । यसैगरी, स्वास्थ्य स्वयसेविकाहरूलाई विशेष भत्ता सुविधासहित परिचालन गर्ने कार्यक्रम बजेटमा उल्लेख रहेको छ ।

जेष्ठ नागरिकका गुनासा, अनुभव र सुझाव ग्रहण गर्न बाजेको अर्तिु कार्यक्रम राखिएको छ । यसैगरी, युवासँग अध्यक्ष कार्यक्रम समावेश गरिएको छ । गाउँपालिकाको पारदर्शिताका लागि सूचना प्रविधिको विकास गर्न भन्दै एफएम रेडियो र पत्रिका सञ्चालन गर्ने कुरा बजेटमा उल्लेख छ । सहिद परिवारलाई मासिक तीन हजार रकम भत्ता दिने कार्यक्रम तय गरिएको छ । गाउँपालिका स्तरीय कृषि नर्शरी स्थापना गर्ने, कृषक संग कृषि प्राविधिक कार्यक्रम सञ्चालनमा ल्याए उत्पादमा वृद्धि गर्ने कार्यक्रम तय गरिएको छ ।

पशुपालनतर्फ बाख्रा पालन, कुखुरा तथा कालिज पालन र माछा पालन गर्ने कृषकका लागि बजेटको व्यवस्था गरिएको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्