बझाङको लेकगाउँ स्वास्थ्य चौकीमा २.५ किलो वाटको सोलार जडान

बझाङ –  जिल्लाको छबिस पाथिभेरा गाउँपालिका ६ को लेकगाउँ स्वास्थ्य चौकीमा सोलार जडान गरिएको छ । छबिस पाथिभेरा गाउँपालिकाको सहयोगमा २.५ किलो वाट क्षमताको सोलार शनिबार जडान गरिएको हो । खोरी गाड लघुजल विद्युत जडान गरिएको स्वास्थ्य चौकीमा २४ घण्टा बत्ती नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको स्वास्थ्य चौकी प्रमुख देउपाल जप्रेलले बताए । उनलेे भने बिरामीहरू सेवा लिन २४ घण्टा स्वास्थ्य चौकीमा आउँछन् बत्तीको २४ घण्टा उपलब्धता नहुँदा समस्या थियोे , सोलार जडान भएपछि समस्या हट्यो । विगत लामोसमयदेखि सोलार नहुँदा विभिन्न समस्या खेप्दै आएको लेकगाउँ स्वास्थ्य चौकामा सोलार जडान भएपछि गुणस्तरीय सेवा प्रवाह गर्न सहज हुने भएको छ ।

बिगतमा सोलार उपलब्ध नहुदा विभिन्न समस्या भोग्दै आएका थियौ भने,आजका दिन देखि २४ घण्टा बत्ती उपलब्ध हुदा कोल्ड चेन ब्यवस्थापन (खोप), सुत्केरि सेवा, प्रयोगशाला सेवा,गर्भवतीलाई भिडियो एक्सरे सेवा तथा अनलाइन रेकर्ड,रिपोर्टिङमा हुँदै आएका समस्याहरुको सामधान भइ गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नमा थप सहयोग भएको स्वास्थ्य चौकी प्रमुुख जप्रेलले बताउनुभयो । स्वास्थ्य संस्थामा पुगेर यहाँको वास्तविक आवस्यक समस्याको पहिचान गरि समस्याको सावधान गरेको भन्दै गाउँपालिका अध्यक्ष, स्वास्थ्य संयोजक र ,वडाध्यक्षलगायत सम्पुर्ण गाउँपालिकाकै टिम लाई प्रमुख जप्रेलले धन्यवाद व्यक्त गरेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्