हेलम्बुमा ‘एसिया वनस्पति तथा बन्यजन्तु अध्ययन केन्द्र’ स्थापना हुने, पर्यटन र अर्थतन्त्रमा सुधार हुने अपेक्षा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ‘एसिया वनस्पति तथा बन्यजन्तु अध्ययन केन्द्र’ को निर्माण गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममार्फत ‘एसिया वनस्पति तथा बन्यजन्तु अध्ययन केन्द’ को स्थापना गरिने भएको हो । हेलम्बु गाउँपालिका जैविक विविधताको हिसाबले अत्याधिक धनि पालिका हो । यहाँ जैविक विविधताको क्षेत्रमा अनेकन सम्भावनाहरु रहेका छन् ।

यहाँको जैविक विविधताको अध्ययन, संरक्षण र प्रद्र्धनको लागि एसिया बनस्पति तथा बन्यजन्तु अध्ययन केन्द्रको स्थापनाको लागि अध्ययन तथा स्थान छनौट लगायतका कार्यको सुरुवात गरिनेछ । देश तथा विदेशबाट यहाँको वन, वनस्पति, वन्यजन्तु, खोला र हिमालको अध्ययन गर्नको शोधकर्ता तथा विद्यार्थीहरुलाई आमन्त्रण गरिने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

यहाँ अध्ययन भएका खोज तथा अनुसन्धानहरुलाई गाउँपालिकाले सम्पत्तिको रुपमा हिफाजत गरि त्यसको विश्वबजारमा प्रवद्र्धन गरिने समेत अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । यसबाट हेलम्बुको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने र यस भेगको आर्थिक स्थितीमा समेत सुधार हुने अपेक्षा गाउँपालिकाले राखेको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्