काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले प्राविधिक र्यापिड रिस्पोन्स टिम गठन गरेको छ ।
मंगलबार नगरपालिकाले सम्भाव्य विपद् जोखिमलाई कम गर्ने उद्देश्यले प्राविधिक र्यापिड रिस्पोन्स टिम गठन गरेको हो । टिमको इन्जिनियर कुमार विक्रम पराजुली संयोजक रहेको छ । नगरपालिकाले वर्षा तथा अन्य कारणबाट हुन सक्ने सम्भाव्य जोखिम भू–क्षय लगायतलार्य न्यूनिकरण गर्न र जोखिम भएको स्थानमा तत्काल आवश्यक सहयोग पुर्याउनका लागि प्राविधिक र्यापिड रिस्पोन्स टिम गठन गरिएको नगरपालिकाले जनाएको छ । आफ्नो वडा टोल र वस्तीमा कुनै प्रकारको जोखिमको सम्भावना देखिएमा वा भएमा तत्काल वडा कार्यालय र नगर वा विपद् व्यवस्थापन समितिमा खबर गर्न नगरपालिकाले आग्रह गरेको छ ।