भानुभक्त जोशीले ल्याए ‘आस पुतली’ गीत बजारमा

काठमाडाैं – चर्चित डेउडा गायक तथा कलाकार भानुभक्त जोशीले ‘आस पुतली’ गीत बजारमा ल्याएका छन् । निरन्तर मिडियाको युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक भानुभक्तको स्वर रहेको छ भने स्वरमा कोरसबाट अन्य गायक गायिकाहरुले साथ दिएका छन् । जसमा सुर्य विरही साउद, जे आर भट्ट, गौरी भट्ट, तुलसी बिक, कल्पना मल्लले साथ दिएका छन् ।

म्यूजिक बैंक नेपालमा रेकर्ड गरिएको उक्त गीतमा लय शब्द भने विशाल धामीको रहेको छ । कृष्ण पुनले एरेन्ज गरेको छ भने डि सिनेमा आर्ट प्रा.लि.ले दिनेश मुस्कानको निर्देशन/छायांकन तथा सम्पादनमा भिडियो निर्माण गरेको छ ।

प्रेम जोडीको कथालाई लक्षित गरि माया प्रेमका भावुक शब्दहरु समावेश गरि गीतलाई पूर्णता दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्