CORONA

आमा तिमिले भारी बोकेर पढाएको याद छ मलाई – आमा

प्रेम जोशी “सागर”

आमा

आमा तिमिले भारी बोकेर पढाएको याद छ मलाई ।
पछ्यौरीले ढाक्दा ढाक्दा झुम्रिएको कपाल पनि याद छ मलाई ।
कापी कलम किन्न र कलेजको फिस तिर्न भारी वोकेर तिमिले पैसा दिदा रित्तिएको पटुकि पनि याद छ मलाई ।
आफु भोकै वसि मलाई नै खुवाएर घाँस काट्न जादा वोकेको डोको पनि याद छ मलाई ।
तिम्रो सयौँ ठाउँमा च्यातिएको धोतिमा टालो हालेर मेरो लागि सिलाएको नया लुगा संगै नयाँ धोती लगाउने धोको पनि याद छ मेरी आमा ।
स्कुल वाट रन्फनिदै रन्थनिदै भोकले म घर आउदा तिमिले राखेको कासको थालको त्यो ढिडो याद छ आमा ।
अहिले त डोको पनि भाचियो थाल पनि फुटेर गयो अनि नयाँ धोती लगाउने धोकोको कुरै नगरौ ।
विदाको दिन हजुर संगै भारी वोक्न जादा मेरो भारीलाई पनि भारी माथि वोक्ने हजुरको हिम्मत याद छ आमा ।
नवल्ने दाउरा अगेनामा झोक्दै फू–फू गर्दै आँखावाट आँसु चुहाउदै खरानिमा सेकाएको त्यो रोटी फेरि पनि खान मन छ मेरी आमा ।
यो नसम्झिनु छोरो आजकल देशै भरि लकडाउन हुदा भोकै होला भनेर, थाहा छ आमा छोरोले आजकल तन्दुरी रोटी र चिकन करी खान्छ ।
तर जति जे–जे खाए पनि चाहे भगवानले अमृत नै दिए पनि मलाई तिमिले दिने कासको थालको ढिडो भन्दा कयौ गुना फिक्का लाग्छ आमा ।
आमा तिमिले छोराको लागि गर्नु पर्ने कर्तव्य पूरा गर्यौ र म यहाँ सम्म पुगे ।
आमा अफिस छिर्दा वा निस्किदा यहाँकै परिश्रमले लगाएको पैन्ट सर्ट संगै जुत्ताको सूलमा टेक्दा तिम्रो बूढो छातीमा टेकै जस्तै लाग्छ आमा ।
अरुले दिएको लाख भन्दा आमाको काख नै प्यारो लाग्छ मेरी आमा ।
(माता तिर्थ औसीको शुभ अवसरमा सबै–सबै आमाहरुमा प्रणाम तथा धेरै धेरै शुभ–कामना)

 

प्रेम जोशी “सागर” शैल्यशिखर न.पा.८ झरकडा दार्चुला घर भई हाल धनगढी, कैलाली 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्