रातारात गाउँ फर्कनेहरु क्वारेन्टाइनमा नबस्दा त्रास

सुशील सुवेदी
सिन्धुपाल्चोक –कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोक्न गरिएको लकडाउनलाई उल्लंघन गर्दै गाउँ र नगारपालिकाले राजधानीलगायत ठाउँबाट बस रिजर्भ गरेर जिल्लावासीलाई घर ल्याउन थालेका छन् । अप्ठेरोमा परेका र घर आउन अति आवश्यक ठानिएकाहरुलाई उद्धार गर्नु उपयुक्त ठानिए पनि उनीहरुको व्यवस्थापन सही रुपमा नहुँदा यसबाट उत्पन्न असहज परिस्थितिप्रति भने सावधानी अपनाइएको छैन । बुधबार पनि बस चढेर जिल्ला आउने क्रम रोकिएको छैन ।

राजधानीबाट सामूहिक रुपमा आएकाहरुबाट संक्रमण फैलन सक्ने त्रास एकातिर छ भने स्थानीय तहले जथाभावी रुपमा अनुमति दिएर यसबाट हुन सक्ने खतरालाई न्यूनिकरण गर्न भने खासै चासो दिएको देखिँदैन । कतिपय स्थानीय तहले त क्वारेन्टाइन कै आवश्यकता नरहेको बताउँदै आएका छन् ।

मंगलबार मात्रै १२ वटा गाडीमा तीन सय बढी मान्छे जिल्ला भित्रेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक(डिएसपी) माधव प्रसाद काफ्लेका अनुसार ३ सय ४३ जना जिल्ला भित्रिएका छन् । गाउँ र नगरपालिकाका प्रमुखहरुले दिएको जानकारी अनुसार पनि तीन सय भन्दा बढी भित्रिएको देखिन्छ ।

सबैभन्दा बढी त्रिपुरासुन्दरी गाउँपालिकामा ५ वटा बसमा स्थानीय आएको जानकारी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले दिए । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विपद व्वयवस्थापनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई नै दिइएको बताए । स्थानीयतहहरुले के कसरी व्यवस्थापन गरेर ल्याउनुभयो आफूलाई थाहा नभएको उनले बताए । स्थानीय तहले काठमाडौं लगायत देशका विभिन्न भागबाट आउनेलाई क्वारेन्टाइन्मा राख्छौं भनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्