जनता समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दियो

काठमाडौं – समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

एकीकृत पार्टीले बिहीबार बिहान निर्वाचन आयोगमा पुगेर दर्ताका लागि निवेदन दिएको हो । निर्वाचन आयोगमा पार्टी १३८८ नम्बरमा दर्ता भएको नेता राजेन्द्र महतोले जानकारी दिए । निवेदनका आधारमा निर्वाचन आयोगले कागजात अध्ययन गरी पछि आवश्यक निर्णय गर्नेछ ।

अहिले एकतासम्बन्धी समझदारीपत्र, विज्ञप्तिलगायतका कागजात बुझाइएको र आवश्यकता अनुसार पछि अरु कागजात बुझाइने नेताहरुले बताएका छन् ।

आयोगमा एकताका लागि शरतसिंह भण्डारी र उपेन्द्र यादवको हस्ताक्षरित निवेदन परेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्