CORONA

किसानका पीडा कसले बुझ्ने ?

निरज बाडे 
सारा विश्वनै अहिले कोरोना भाइरस अर्थात कोभिड–१९ बाट जुधिरहेका बेला पनि नेपाली राजनीतिक हानथाप देखिन्छ ।

यहाँ सहयोगको भावना भन्दा अघि राजनीतिक लोभ आगामी निर्वाचनका काल्पनिक भोट गन्नमा मस्त छन् राजनीतिक दलहरु ।
तर किसानका विषयमा न सरकारले ध्यान दिएको देखिन्छ त न स्थानीय सरकारका प्रतिनिधिहरुले न त कुनै राजनीतिक पार्टीले नै ।

आज खुल्छ, भोलि खुल्छ भन्दा भन्दै लकडाउन भएको पनि एक महिना हुन लागिसक्यो । यहाँ त लकडाउन र भोगले भन्दा सरकारले मार्न लागिसक्यो । ८० करोडौंको राहत बाढेको सरकारले कसलाई कसरी राहत वितरण गर्यो प्रष्ट पार्न सकेका छैन । पाउनले त पाए, नपाउने र हुनेले पनि कालोबजारी हुने डरले खाद्यान्न लुकाउन थालिसके, अब हामी के खाएर बाँच्ने ?

यो कुरा त छाडौं । लकडाउन खुलेपनि खाद्यान्न अभावको पिरलो उतिकै छ, अब उत्पादन व्यापक रूपमा बढाउनुपर्छ भन्ने कुरा किसानलाई पनि थाहा छ ।

आफ्नै दाजुभाइ र दिदीबहिनीलाई खानको लागि दुःख नहोस् भनेर खाद्यान्न उत्पादन गर्न खेतमा गइरहेका कृषकलाई पनि प्रहरी कारवाही गर्न थालेको छ । जसले देशको भलाई सोच्छ उसलाई ३/३ घण्टा घाममा माछा सुकाएझै सुकाइएको छ । जुन कुरा पछिल्लो समय सामाजिक संजालमा व्यापक रूपमा देख्न सकिन्छ ।

अन्न उत्पादन गर्ने भगवानरूपी किसानलाई प्रोत्साहन र सम्मान गर्नु त कता हो कता उनीहरूमाथी राष्ट्र सेवकबाटै अमानवीय व्यवहार भएको छ । यसरी अमानवीय व्यवहार देखाउने हो भने निश्चितरूपमा खाद्यान्न संकट निम्तने पक्का छ । प्रहरी हाम्रो साथी हो । साथीले साथीको दुःख बुझ्नुपर्छ र सहयोग गर्नुपर्छ । सरकारले पनि कृषकलाई सहयोग गर्नुपर्छ । मल, बिउ र जिउको सुरक्षाको प्रत्याभूति सरकारले गरिदिनुपर्छ ।

अन्तमा भन्न चाहान्छु, कृषि धर्म हो, भलै पुज्न नसकेपनि राज्यले सम्मान गर्न सिकोस् । ढिलै भएपनि सहयोग गर्न सिकोस् । कृषकले सरकार भएको प्रत्याभूति गर्न पाउन । सत्तामा पुग्नेपनि विल गेट्स र अम्बानिका सन्तान होइनन्, कृषकका सन्तान नै हुन् । आफ्नो समस्या ठानेर अभिभावक बन्न पछाडि नपरोस् सरकार ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्