नेपाल प्रहरीका १९ जना एसपी एसएसपीमा बढुवा (नामावली सहित)

काठमाडौँ – नेपाल प्रहरीको जनपदतर्फ १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्गलबारको बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिस हुने एसपीमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुँवेर कठायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण थापा र नवराज भट्ट रहेका छन् ।

यस्तै लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेशकुमार सिंह, चन्द्रबहादुर कुवेरलाई पनि बढुवाका लागि सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । नेपाल प्रहरीमा उक्त बढुवाको लागि गृहसचिवको अध्यक्षतामा प्रहरी महानिरीक्षक सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्य सचिव रहेको सिफारिस समिति छ । रासस

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्