भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, झण्डै साढे ६ सयको मृत्यु

काठमााडौँ – भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ ।

वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्क अनुसार भारतमा अहिले सम्म यो भाइरसबाट २० हजार ८० जना संक्रमित भएका छन् । ६ सय ४५ जनाले अहिले सम्म ज्यान गुमाइसकेका छन् । भारतमा पछिल्ला दिनहरुमा दैनिक १ हजार देखि १५ सयको बीचमा कोरोना संक्रमित भेटिरहेका छन् । मुम्बई, जयपुर, पुणे, पश्चिम बंगाल क्षेत्रमा कोरोनाको संक्रमण धेरै फैलिएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्