घादिङका कोरोना संक्रमित ३२ वर्षीया युवकलाई आज डिस्चार्ज गर्ने तयारी

काठमाडौँ – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत धादिङका कोरोना संक्रमित ३२ वर्षीया युवकलाई आज डिस्चार्ज गरिने भएको छ ।

गत चैत १२ गते कोरोना संक्रमण पुष्टि भएका धादिङका ती युवा निको पछि अस्पताले डिस्चार्जको तयारी गरेको हो ।
प्रयोगशाला परीक्षणका क्रममा कोरोना संक्रमण नदेखिएकाले आज वा भोलिसम्ममा ती युवालाई डिस्चार्ज गर्ने तयारी गरेको अस्पतालले जनाएको छ । धादिङको स्थानीय तहसँगको समन्वयपछि उनलाई डिस्चार्ज गर्न लागिएको हो ।

ती युवा चैत ६ गते युएईको सारजाहबाट एयर अरेबियाको उडानबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै स्वदेश आएका थिए । उनी ६ गते नेपाल आएपनि १० गते अस्पताल पुगेका थिए भने १२ गते मात्रै कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएको पुष्टि भएको थियो ।

यसरी नेपालमा कोरोना संक्रमण भएर निको भएर घर जानेको ६ जना पुगेको अस्पतालले जनाएको छ । टेकु अस्पतालबाट कोरोना संक्रमित यस अघि दुई जना निको भएर घर फर्किसकेका छन् । नेपालमा हालसम्म ४२ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्