भारतमा कोरोना संक्रमणको अन्त्य नभए सम्म सिमाना खुल्दैनः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने संकेत गरेका छन् । भारतमा कोरोना संक्रमणको अवस्था अन्त्य नभएसम्म सिमाना नखुल्ने प्रधानमन्त्रीले बताएका हुन् ।

बुधबार सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका संघीय सांसदहरुसँगको छलफलका क्रममा प्रधानमन्त्रीले लकडाउनको मोडल परिवर्तन हुनसक्ने बताए । प्रधानमन्त्रीले संक्रमण नदेखिएका ठाउँमा लकडाउन खुकुलो हुने संकेत गरेको छलफलमा सहभागी एक सांसदले बताए ।

भारतसँगको सिमाना भने अहिले नखुल्ने र जो जहाँ छन् त्यहीँ रहनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

स्रोत:अनलाइनखबर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्