देशको वर्तमान परिस्थितिलाई चित्रण गरिएका शिशिर योगीको मेरो देश डुब्यो गीत सार्वजनिक

काठमाडौँ – देशको वर्तमान परिस्थितिलाई चित्रण गरिएका शिशिर योगीको ‘मेरो देश डुब्यो’ गीत सार्वजनिक भएको छ । शिशिर योगीको यट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतलाई बिबी अनुरागीले म्यूजिक एरेन्ज गरेका छन् । विरेन्द्र भाट विपिनले छायांकन तथा सम्पादन गरेको उक्त गीतमा लोकेश भाटको सह सम्पादन रहेको छ । वल्ड कभर मिडिया प्रा.लि.ले प्रोष्ट प्रोडक्सन तथा बबरमहलस्थित प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको  उक्त गीतलाई श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका छन् ।

कसले यो देशलाई आगोको भुङ्ग्रोबाट निकाल्छ
कसले यो देशलाई सागरको भुमरीबाट निकाल्छ
कसले यो देशलाई आँधीको हुण्डरीबाट निकाल्छ
लगायतका मार्मिक शब्दहरु समावेश गरेको गीतमा राष्ट्रलाई परेको समस्या तथा वर्तमान परिस्थितिलाई चित्रण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्