एनएसएल: झापामाथि इलाम १-० ले विजयी

काठमाडौँ, ११ मङ्सिर । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत स्पोर्टिंग इलमले झापा एफसीलाई पराजित गरेको छ ।

 

सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा इलामले झापालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

 

स्पोर्टिंग इलामको जितमा खेलको ८७औँ मिनेटमा अमाथ एण्डवले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अमाथले यसअघि यसै खेलमा पेनाल्टी मिस गरेका थिए ।

 

यो स्पोर्टिंग इलामको दोस्रो खेलमा पहिलो जित हो । यस अघि खेलेको पहिलो खेलमा इलाम काठमाडौँ रेजर्ससँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै झापाले भने आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

 

अब एनएसएल अन्तर्गत मंगलबार काठमाडौँ रेजर्स र एफसी चितवनबीच खेल हुने तालिका रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्