भूवनप्रकाश बडूलाई उत्कृष्ट डेउडा गायक र जीवन बडूलाई उत्कृष्ट एरेन्जरको अवार्ड

काठमाडौ– गायक/कलाकार तथा संगीत संयोजनको रुपमा ख्याती कमाएका भूवनप्रकाश बडूले उत्कृष्ट डेउडा गायकको अवार्ड पाएका छन् । यसैगरी जीवन बडूलाई उत्कृष्ट एरेन्जरको अवार्डको प्राप्त भएको छ ।
दिनेश मुस्कानको अध्यक्षता तथा पुर्व सभामुख ओनसरी घर्ती मगरको प्रमुख आतिथ्यता आयोजना भएको डि सिनेमा आर्ट्सको जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड – २०८० अन्तर्गत उनीहरुले उक्त अवार्ड पाएका हुन् ।

लोक तथा दोहोरी सर्वोत्कृष्ट संगीत संयोजन (एरेन्ज)को रुपमा जीवन बडुले ठुलै भुल गरें बोलको गीत संयोजन गरे वापत उक्त अवार्ड पाए भने भुवन प्रकाश बडुले फुल कोपिला बोलको गीतमा सर्वोत्कृष्ट डेउडा गायकको अवार्ड पाएको हो ।

यसैगरी विभिन्न विधामा अन्य कलाकारहरुलाई समेत अवार्ड प्रदान गरिएको छ । ५४ जनाले म्यूजिक अवार्ड तथा १५ जनाले जुरी अवार्ड प्राप्त गरेका छन् । लामो समयदेखि संगीत क्षेत्रमा लागेका भूवन प्रकाश बडू विग परिवेश एचडी स्टुडियोका सञ्चालक हुन भने सोहि स्टुडियोमा एरेन्जरको रुपमा जीवन बडू कार्यरत छन् ।

भूवनप्रकाश बडूले थुप्रै गीतमा स्वर दिएका छन् भने चर्चित डेउडा गीतहरुमा अभिनय समेत गरिसकेका छन् । उनी म्यूजिक कम्पोज, एरेन्जमा दक्ष संगीतकर्मीको रुपमा चिनिन्छन् । यसअघि पनि उहाँले थुप्रै अवार्ड जितिसकेका छन् । उहाँको नेपालकाे काठमाडौँसँगै भारतमा स्टुडियो रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्