बाघको आक्रमणबाट बैतडीमा एक जना घाइते

बैतडी, ११ मंसिर । बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं ज्वाँकट्टेका ४५ वर्षीय मानसिंह धामी चितुवाको आक्रमणबाट घाइते भएका हुन्।

सोमबार बिहान घर नजिकैको खरफागलामा बाख्रा चराइरहेका धामी माथि चितुवाले आक्रमण गरेको हो। चितुवाको आक्रमणबाट घाइते भएका धामीको दाँया हातमा चोट लागेको छ। उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको स्थानीय कृष्णबहादुर बोहराले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्