अल्लु अर्जुन अभिनित चलचित्र ‘पुष्पा’ को फस्ट लुक पोष्टर सार्वजनिक

काठमाडाैँ – दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ ।

दक्षिण भारतीय चलचित्रका सुपर स्टार अल्लु अर्जुनको ३७ औँ जन्मोत्सवका अवसरमा चलचित्र पुष्पा को फस्ट लुक पोष्टर सार्वजनिक गरिएको हो । चलचित्रमा रश्मिका मन्दना महिलाको मुख्य भुमिका रहने छ  भने विजय सेतुपति प्रतिद्वन्दिको भुमिकामा छन् ।

चलचित्रमा उनी पुष्पक नारायण नामको एक लारी चालकको भूमिकामा देखिनेछन् त्यसैले फिल्मको नाम ‘पुष्पा’ राखिएकाे हो, फिल्म तेलगु, तमिल, हिन्दी, मलयालम र कन्नड गरि पाँच भाषाहरूमा रिलीज हुने छ । सुकुमारको निर्देशनमा बन्न लागेको यो चलचित्र हिन्दी भाषामा  पनि रिलिज हुने अल्लु अर्जुनको पहिलो चलचित्र हो ।

नेशनल क्रसकाे उपमा दिइएकी रश्मिका मन्दना र अल्लु अर्जुनको नेपाली दर्शकहरुमाझ  पनि दमदार क्रेज रहेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्