स्वास्थ्य सामाग्री खरिदका लागि नेपाली सेनाले ५ देशलाई पत्र पठायो

काठमाडौँ – नेपाली सेनाले स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि पाँच वटा देशलाई पत्राचार गरेको छ ।

सेनाले स्वास्थ्य सामग्रीका लागि चीन, दक्षिण कोरिया, सिंगापुर, इजरायल र भारतलाई पत्राचार गरेको हो ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिसिएमसी)ले तयार पारेको स्वास्थ्य सामग्रीको सूचीका आधारमा पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

’हामीले पठाएको पत्र परराष्ट्र मन्त्रालयले हिजो फर्वार्ड गरेको जानकारी पाएका छौं, ’सैनिक प्रवक्ता पाण्डेले भने,’ हामीले आवश्यक स्वास्थ्य सामग्रीका लिस्ट पठाएका छौं । उताबाट कस्तो जवाफ आउँछ त्यसको आधारमा खरिद प्रक्रिया सुरू हुन्छ ।’

ती देशहरूमा रहेका सैनिक सहचारीमार्फत् पनि स्वास्थ्य सामग्री खरिदका लागि पहल गरिएको पाण्डेले बताए ।

स्वास्थ्य सामग्रीका लागि पत्र पठाइए पनि तत्कालै मागेको जति सामग्री पाउने सम्भावना भने न्यून छ ।

भारतले स्वास्थ्य सामग्री निर्यातमा प्रतिबन्ध लगाइसकेको छ । दक्षिण कोरियामा फेरि कोरोना भाइरसको संक्रमण देखिएकाले मागेजति सामग्री पाउने संभावना देखिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्