भानुभक्त जाेशीका शब्दमा चर्चित डेउडा गायकहरुले ल्याए न्याउल्या–२ साल्ली बोलको गीत

काठमाडौं – सुदुरपश्चिमको कला सँस्कृति जर्गेनाका लागि अहोरात्र खटिने कलाकार तथा गायकहरुले नयाँ गीत सार्वजनिक गरेका छ । निरन्तर मिडियाको आधिकारिक युट्युब च्यानलबाट न्याउल्या–२ साल्ली बोलको गीत सार्वजनिक गरेको छ ।

चर्चित डेउडा गायक भानुभक्त जोशीको शब्दमा रहेको उक्त गीतलाई लय संगीत अन्तराम विष्टले गरेको छ । जसमा सुदूरपश्चिमका अग्रज कलाकारहरुले स्वरमा साथ दिएका छन् । भोजराज भट्ट, भानुभक्त जोशी, महेश कुमार औजी, दिपेन्द्र प्रसाद दाहाल, भुवन प्रकाश वडू, मनोहर परियार, टेक बोगटी, उमाशंकर जोशी, जनक महरा, सुरेन्द्र बोहरा, सौगात ओझा, सुनिल नेपाली, लक्ष्मण अधिकारी र विरही बमले स्वरमा साथ दिएको छ ।

यो पनि 

‘जोमसोमको ठन्डो हावा’ गीतको भिडियो सार्वजनिक (भिडियो)

देउडा लयमा तयार पारिएको यस गीतमा संगीत संयोजक भुवन प्रकाश बडूले गरेको छ भने ध्वनि मिश्रण जीवन बडूले गरेको छ । बीग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडयो निरन्तर मिडियाले तयार पारेको छ ।

भानुभक्त जोशीको कथा तथा निर्देशनमा तयार पारिएको भिडियोमा बिनोद बमको सम्पादन रहेको छ भने नरेश ऐर, खुपेन्द्र ढुंगेलले छायांकन गरेको छ । सांग्रीला क्रियेशनले पोष्ट प्राडक्सन गरेको भिडियोमा गायकहरुले नै अभिनय गरेको छ ।

जीवन रहेछ बग्ने पानी ओराली गइजाने, बाँचुन्जेल हाँस खेल मरे क्या लैझाने, पुर्खाले जोतेको माटो, यसै खणि खाउला लगायतका शब्द समावेश गरि गीतलाई अझ आकर्षित बनाएको छ ।

यो माटोको निधारमा टीका बनाई लाउला, धर्ति पुत्र इजा बाबा, यसै कमाई खायो, आजभोली सँस्कृति भुल्या, क्या जमाना आयो भनि गीतमा पुर्खाहरुलाई सम्मान गरेको छ भने देशभक्ति मायालाई समेत गायकहरुले सम्झेका छन् । सँस्कृति जगेर्ना गरौँ भनि मालिकार्जुन, शैलेश्वरी, केदार, सिद्धनाथ, सुर्मानैना, उग्रतारा, मालिका, बैजनाथ लगायतका साँस्कृतिक सम्पदाहरुलाई समेत गीतमा उल्लेख गरेको पाइन्छ ।
सुदूरपश्चिमको कला सँस्कृति, भेषभुषा, रहनसहन तथा धार्मिक धरोहरको संरक्षण, सम्बर्द्वनमा गायक भानुभक्त जोशीले थुप्रै कलम चलाएको पाइन्छ । बैतडीको दोगडा केदार गाउँपालिकाको सित्तडमा जन्मिएका गायक जोशीले थुप्रै गीतहरु ल्याइसकेका छन् ।

डेउडा गीत पश्चिम नेपालको पहिचान गराउने एक संस्कृति नै हो । पहिलेका दिनहरूमा पश्चिम नेपालका प्रत्येक वन पाखामा र मेलापातमा घन्किने लोक डेउडा भाकाहरू अब आएर लोप हुन लागेका भनि गायक जोशीले चिन्ता व्यक्त गरेका छन् । पश्चिम नेपालका वनपाखाहरूमा गुञ्जिने ठाडी भाकाहरू हराउँदै गइरहेका छन् । बढ्दो आधुनिकतासँगै सूचना र प्रविधिको प्रयोगले डेउडा गीतलाई ओझेल पार्ने पो हो कि भन्ने चिन्ता समेत गायक जोशीले लिएका छन् । बढ्दो बजारीकरणका कारण गाउँहरूमा पनि आधुनिक र पप संगीतमा युवा पुस्ता रमाउन थालेपछि लोक डेउडा संस्कृती लोप हुन थालेको छ । केही समय पहिले डेउडा गीतहरू पश्चिम नेपालको सेरोफेरोमा मात्र सिमित थिए । अहिले डेउडा अन्तर्राष्ट्रिय करण भएको छ । डेउडा अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो प्रभाव जमाउन सफल भएको छ । डेउडाको लोकप्रियता दिनानुदिन बढ्दो छ । लोकप्रियता बढेपनि यसको मौलिकता भने खस्किदै गएको छ यो चिन्ताको बिषय भएको छ गायक जोशीले उपहार खबरलाई बताए ।
केही रफ पपका टुक्काहरूमा पश्चिम नेपालका शब्दहरू जोडेर डेउडा भनेर प्रस्तुत गर्नु सरासर गलत हो । मौलिकतालाई जस्ताको तस्तै बाँच्न दिनु पर्छ भनि गायक जोशी निरन्तर देउडा गीतमा झुमिरहेका देखिन्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्