थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ – थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठाेकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङ रहेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।

थानकोटबाट चित्लाङ जाँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको थियो। गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको डिएसपी अधिकारीले बताए। गाडी के कारणले दुर्घटना भएकाे हाे भन्ने विषय खुलेकाे छैन। गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर क्षतविक्षत भएकाे छ। घटनास्थलमा पानीघाटमा रहेकाे सेनाकाे टाेली समेत पुगेकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्