‘जोमसोमको ठन्डो हावा’ गीतको भिडियो सार्वजनिक (भिडियो)

काठमाडौँ – चर्चिच डेउडा गायक भानुभक्त जोशीको ‘जोमसोमको ठन्डो हावा’ गीतको भिडियो सार्वजनिक भएको छ । निरन्तर मिडियोको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक भएको हो । गीतको अडियो भने पहिला नै सार्वजनिक गरिएको थियो । भिडियोको निर्देशन भीम थापाले गरेका छन् भने छायांकन राम केसीले गरेका छन् । यस्तै गीतमा सुरेश बोहरा, रोजी कुँवर, पार्वती रावत, मनिस खड्का, निशा थापा, हेमन्त विष्ट, एलिसा कार्की र नरेन्द्रको अभिनय देख्न सकिन्छ । भिडियोको पोष्ट प्रोडक्सन भने निरन्तर मिडियाले गरेको हो । गीतमा भानुभक्त जोशी र विश्वास बडूको शब्द रहेको छ भने भानुभक्त र दुर्गा विष्टले गीतमा स्वर भरेका छन् । गीतका एरेन्जर भने भुवन बडू हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्