राजनीतिक अर्थशास्त्रको अभाव र नेपालको विकासको चुनौती

नारायणदत्त मिश्र –

राजनीतिक अर्थशास्त्रको ज्ञान नभईकन राजनीतिको भाषा बुझ्न सकिँदैन यसकारण राजनीति सबैले जान्ने विषय पनि होइन यसो भन्दा नेपालका भोटरहरु पनि राष्ट्रपति र प्रधानमन्त्री लेभलका कुरा गर्ने भइसकेका छन् कुरा बाहिर आएपछि सबैले थाहा पाउँछन् त्यो भन्दा पहिला के हुँदैछ भित्र भनेर जान्नु त्यो एउटा अर्को कुरा हो। यो सबैलाई थाहा हुँदैन। यसकारण राजनीतिक अर्थशास्त्र एउटा यस्तो विषय छ जसले राष्ट्रको स्थितिलाई त्यसका आर्थिक सूचकाङ्कहरुलाई र मानवीय सूचकाङ्कहरुलाई निर्देशित गर्दै कमभन्दा कम मूल्यमा बढी भन्दा बढी विकास कसरी गर्न सकिन्छ राज्यको सिमानाभित्र बसेका जनसङ्ख्यालाई कसरी उद्योगमा रोजगारमा समाहित गरेर उनको जीवनस्तरलाई उकास्न सकिन्छ। भन्ने कुरा पोलिटिकल इकोनोमीले सिकाउँछ।

वर्तमान सांसदमा प्रतिनिधित्व गर्ने कति जनालाई यस बारेमा ज्ञान छ यो भन्न सकिने स्थिति छैन। यसकारण विनियोजित बजेटलाई छलफल केको आधारमा गर्ने कुन शीर्षक ले के हुनुपर्थ्यो कुन ठाउँमा यसको मेसो बिग्रिएको छ सो कुराको जानकारी नपाइकन विनियोजित बजेटमा भाग लिनु भनेको हास्यास्पद कुरा हुन जानेछ। जननिर्वाचित माननीयज्यूहरूलाई अवश्य पनि यो चिन्ता हुन्छ। कि मेरो जिल्लामा बढीभन्दा बढी बजेट जाओस् र त्यहाँको मान्छे खुसी भएर मलाई दोस्रोचोटि पनि भोट मिलोस्। भन्ने कामना उसको रहेको हुन्छ। तर बजेट विनियोजन गर्ने बेलामा यो कुरा पनि थाहा हुनुपर्छ। कुन ठाउँमा बजेट विनियोजन गरेर त्यो ठाउँको रोजगारी र उपभोगको स्तर कम मूल्यमा दिगो विकास भएर त्यो भूगोलभित्र बस्ने जनताको जीवनस्तर उकास्न सकिन्छ।

यो भिजन मानसपटलमा हुनुपर्छ बिना भिजनले विकास निर्माण गर्न सकिँदैन। नेपालका अहिलेसम्मका योजनाहरूमा माननीयज्यूहरूको रकम कलम नमुना विद्यालय बनाउने घेर पर्खाल ,जालीभरान सुक्खामूलमा पानीका पाइप दिने मन्दिर निर्माण घोरेटो बाटो आरान सुधार सुधारिएका घट्टहरू यावत यस्ता अनेकन अर्थशास्त्रले लगानी गर्ने नमानेका ठाउँहरू मा लगानी भएका छन् जसको कारण विकासको ठूलो धक्काको सिद्धान्त लागु गर्न सकिएको छैन नेपाल को धरातल विकासको दृष्टिकोणले माथि उठ्न सकेको छैन

पाकिस्तान र भारत सँगै पार्टिसन भएर एउटै रातमा दुईटा राष्ट्रको जन्म भएको थियो। याद रहोस् जियाउन हकको बेलामा हजारौं मेगावाटको विद्युत पाकिस्तानमा निर्माण गरिए र भारतलाई त्यो विद्युत निर्यात पनि गरिन्छ। जर्नल जियाउल हक सैनिक जर्नलहरूमा सबैभन्दा बढी पाकिस्तानको शासनमा बस्ने राष्ट्रपति हुन् र पछि प्लेनक्रियासमा उनको देहान्त भयो। पाकिस्तानको लागि केही गरेर गएका व्यक्तिमध्ये जियाउल हक विकासको दृष्टिकोणमा र अमेरिकाको सहयोगीको रुपमा पाकिस्तानलाई भारतभन्दा अमेरिकाको नजिक पुर्याउने राष्ट्रपति हुन्।

भलेही जुल्फीकार अलि भुट्टोलाई फाँसी दिने व्यक्ति पनि जियाउल हक नै हो। जुल्फी का र अलि भुटोले किन फाँसी पाए यो त एउटा ठूलो रहस्यमय कुरा छ अहिले यसलाई वर्णन गर्न सकिँदैन तैपनि पाकिस्तानी राष्ट्रपति सैनिक शासन लागु गरियो भ्रष्टाचारमा सुन्ने सहनशीलता देखाइयो 10 वर्षभित्र पाकिस्तान कपास र विद्युतलाई निर्यात गर्ने राष्ट्रको सूचीमा दर्ज हुन पुग्यो। आणविक परमाणु भट्टी निर्माणमा पनि उनको ठूलो योगदान रह्यो। पावर ब्यालेन्स गर्न चाइना र अमेरिकाले पाकिस्तानलाई ठूलो सहयोग गरी पाकिस्तानलाई f16 लडाकु विमान दिएर भारतसँग पाकिस्तानलाई खतरामुक्त गर्न बलियो राष्ट्रमा उभ्याउन खोजियो। फेरि पनि पाकिस्तानले आफ्नो सैनिक मुख्यालयमा नजिक रहेको ठाउँबाट ओसामा बिन लादिनलाई बचाउन सकेन।

किनकि या त पाकिस्तानले आँखा चिम्ल्यो या मित्रताको गाँठो अझ झन् दरिलो बनाउन एउटा मान्छेको बलिदान दिनमा स्वीकार गरी अमेरिकालाई खुसी बनाईयो यसकारण अन्तर्राष्ट्रिय राजनीति को चक्कर व्यापक रुपमा घुमेको छ राजदरबारको अवसान हुने बित्तिकै नेपालको राजनीति तरल अवस्थामा पौडी खेलिरहेको छ भन्न त भन्छन् मान्छेहरु राजा आउने हो राजतन्त्र नेपालमा चाहिन्छ भनेर तर वास्तवमा जसले नेपालमा रहेको एउटा संस्थालाई राजतन्त्र भनेको व्यक्ति नभएर एउटा संस्था हो। ध्वस्त पारे त्यसलाई सजिलै स्थापित हुन् देलान् भनेर मेरो अन्तरात्माले स्वीकार गरेको छैन।

किनकि राजा वीरेन्द्र को वंश विनाश मा राम्रो तरिकाले छानबिन नगरी सत्यतथ्य कुरा जनता समक्ष आएन कहिले हतियार आफै पड्किएर राजाका परिवार मारिए भन्ने कुरा आयो कहिले राजा जिउँदै थिए हस्पिटलमा डाक्टर थिएन भन्ने आयो धीरेन्द्र बाटोमा केतकी चेस्टर सँग बाटोमा कुरा गर्दै थिए भन्ने आयो अहिले त्यही केतकी चेस्टर कहाँ बसेकी छन् धेरै प्रश्नहरूको उत्तर नेपाली जनताले पाएका छैनन्। यसकारण जसले राजतन्त्रलाई समाप्त पार्यो। सहज रुपमा स्थापित होला भनेर मैले कल्पनासम्म पनि गरेको छ।

किनकि राजतन्त्रमा या त पूर्णरूपमा जनताको विश्वास हुनुपर्यो। त्यो विश्वास हुने काम विगतमा राजतन्त्रले गर्न सकेन। किनभने राजतन्त्र शाही नेपाली सेनाको आड र भरोसामा बसेको संस्था रहेछ। भन्ने कुरा पनि देखिन आए। नत्र राजा निस्किने बित्तिकै काठमाडौँ भक्तपुर ललितपुरको लाखौं जनसङ्ख्या किन सडकमा आएन भूपू राजा ज्ञानेन्द्रले हाम्रो पक्षमा बोलिदिने मान्छे कोही छैन भनेर भन्नुपर्यो।  किन भन्नु पर्यो त्यस्तो त्यस प्रश्नको उत्तर उहाँसँग नै होला। यसकारण नेपाललाई स्थिर नहुन दिनको लागि धेरै पहिलेदेखि ग्रान्ड डिजाइन रचेको रचना विस्तारै बिस्तारै स्लो पोइजन भएर आउँदैछ। पूर्णरुपमा बेहोस भएको छैन कति हाम्रा नेताहरू नेतृत्वदायी भूमिकामा खरो उतर्न सक्छन्। पोलिटिकल इकोनोमीको सारलाई जनता समक्ष कसरी प्रस्तुत गर्ने गर्छन् यो हेर्न बाँकी छ।

लेखकः नारायण दत्त मिश्र सेवा निवृत शिक्षक हुनुहुन्छ । उहाँले झण्डै चार दशक दार्चुलाको शिक्षा क्षेत्रमा योगदान दिनुभएको छ । उहाँ विभिन्न विद्यालयमा प्रधानाध्यापक समेत रहिसक्नुभएको छ । उहाँ शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान गरेको भन्दै तत्कालिन श्री ५ को सरकार (तत्कालिन राज विरेन्द्र विर विक्रम शाह) बाट बि.स. २०५३ साल चैत्र  १५ गते प्रबल गोरखा दक्षिण बाहु  चौथाबाट विभुषित प्रअ समेत हुनुहुन्छ । उहाँ बिभुषण पाउने समयमा श्री लटिनाथ मावि चन्दनपुर चौपातामा प्रअ समेत हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय खोजमूलक इतिहासमा कलम चलाउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्