काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) गोकर्णेश्वर नगरको तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको छ। अधिवेशनबाट निराजन आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हरि लामा, सचिवमा झलकमान तामाङ र कोषाध्यक्षमा सिता पाण्डे चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा विश्वास अर्याल, विक्रम पौडेल, जनक खनाल, रविन श्रेष्ठ र गौरव प्रसाद बडाल चयन हुनुभएको छ।

तेस्रो अधिवेशनबाट गठित नयाँ कार्यसमितिले गोकर्णेश्वर नगर क्षेत्रमा सञ्चालित निजी तथा संस्थागत विद्यालयहरूबीच सहकार्य, समन्वय र आपसी एकतालाई थप सुदृढ बनाउँदै शैक्षिक क्षेत्रमा देखिएका चुनौती समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वले विद्यालय तथा शैक्षिक संस्थाहरूको संस्थागत विकाससँगै गुणस्तरीय शिक्षाका लागि आवश्यक पहल गर्ने विश्वास गरिएको छ।
नवनिर्वाचित अध्यक्ष निराजन आचार्यसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना तथा हार्दिक बधाई व्यक्त गरिएको छ। नयाँ कार्यसमितिको कार्यकालमा गोकर्णेश्वर नगर क्षेत्रको शैक्षिक विकास र निजी विद्यालयहरूको हकहितका विषयमा थप प्रभावकारी काम हुने अपेक्षा गरिएको छ।




