अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान

Photo: RSS

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गर्नुभएको छ। भारत सरकारको निमन्त्रणामा उहाँ नयाँदिल्ली जानुभएको हो।

अर्थमन्त्री वाग्लेको भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माण, आर्थिक सहकार्य तथा दुई देशबीचका विभिन्न आर्थिक, राजनीतिक र कूटनीतिक विषयमा छलफल हुने उहाँको सचिवालयले जनाएको छ। पछिल्लो समय विपद्का कारण प्रभावित संरचना तथा क्षेत्रको पुनर्निर्माण र पुनःस्थापनाका विषयमा समेत भारतसँग सहकार्य गर्ने उद्देश्य भ्रमणमा समेटिएको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्