पाचौ नम्बरमा बझाङ पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा

बझाङ – नेपाल सरकारको पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गर्ने कार्यक्रम अन्तर्गत बझाङ जिल्ला पाचौ नम्बरमा घोषणा गरिएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमका बिच बझाङ जिल्लालाइ पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको हो। सदरमुकाममा गरिएको औपचारिक कार्यक्रममा जिल्ला समन्वय प्रमुख नर बहादुर बोहराले घोषणा गरेको हो। पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने सुदुरपश्चिम प्रदेशका जिल्लाहरुमा बझाङ जिल्ला पाचौं नम्बरमा परेको बताइएको छ। यस अगाडि सुदुरपश्चिम प्रदेशमा डोटी पहिलो स्थानमा पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा भएको थियो। दोस्रोमा बैतडी, तेस्रोमा अछाम, चौथोमा डडेलधुरा जिल्ला र पाचौ नम्बरमा बझाङ जिल्ला परेको स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीले बताए । उनले बझाङ जिल्लामा जन्म देखि १६महिना सम्मका ४ हजार १ सय ५ बालबालिका साथै १६ महिना देखि पाच बर्ष मुनीका १० हजार ८ सय २९ बालबालिकाले लगाउनु पर्ने सबै खोप लगाइ खोप लगाउन कुनै पनि बालबालिका नभएकाले जिल्ला पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गरेको पनि उनले जानकारी दिए । यस अगाडि जिल्लामा रहेको १२ वटै पालिकाले आ- आफ्नो पालिकालाइ खोप सुनिश्चिता पालिका घोषणा गरेपछि जिल्ला घोषणा गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्