जम्मु कस्मिर यात्रा : एक अनुभव

मान सिंह धामी
२०४५ साल मंसिर महिनातिरको कुरा हो । दार्चुला जिल्लाको जौलजिबी भन्ने ठाउँमा महाकाली नदीले भारत र नेपाललाई सिमाङ्कन गरेको छ। जौलजिबी वारिपारी प्रत्येक बर्ष मंसिर –१ गते देखि १०÷१२ गते सम्म ठुलो मेला लाग्ने गर्दछ । उक्त मेला भर्न हाम्रो नेपालको तर्फबाट जुम्लाबाट सयौंको सङ्ख्यामा घोडाहरु जान्छन । भारतका टाढा टाढाका विभिन्न शहरबाट आएका भारतीयहरु घोडाहरूको मोल मोलाई गरी घोडाहरुको किनबेच गरिन्छ । जौलजिबी मेला दार्चुलाबासीका लागि ठुलो पर्वको रुपमा लिइन्छ । भारतमा पनि मुम्बई, दिल्ली, मथुरा, आगरा, अल्मोडा, हल्द्वानी, मेरठ, नैनीताल, टनकपुर लगायतका विभिन्न ठाउँबाट प्रत्येक बर्ष व्यापारीहरू मेला भर्न आउने गर्दछन् ।
जौलजिबी मेलाको बारेमा चित्रण गर्दै गर्दा उक्त ठाउँको परिदृश्यको बारेमा वर्णन गर्नु सान्दर्भिक होला जस्तो लाग्छ। जौलजिबी दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाअन्तर्गत वडा नम्बर –७ मा महाकाली नदीको किनारमा अवस्थित रमणीय ठाउँ हो । अहिले सडक बाटो घाटो यातायाको सुबिधा आदिले गर्दा व्यापार व्ययावसायमा गति लिन नसके पनि पहिलेको भने व्यापारिक नाका नै हो । महाकाली नदीको पारी भारतमा पनि जौलजिबी रहेको छ । उक्त ठाउँ महाकाली नदी र गोरी गंगा नदीको संगम दोभानमा अवस्थित छ । महाकाली नदीमा भारत नेपाल जोड्ने झोलुङ्गे पुल रहेको छ । मेरो जानकारी अनुुसार थोरै कुराहरू जौलजिबी मेलाकोबारेमा बर्णनगर्नु सान्दर्भिक होला जस्तो देखिन्छ ।

जौलजिबी मेला !!!
दार्चुला जिल्लाको जौलजिबी भन्ने ठाउँमा महाकाली नदीले भारत र नेपाललाई सिमाँकन गरिदिएको छ । जौलजिबी वारी र पारी मंसिर –१ गते देखि १०÷१२ गते सम्म प्रत्येक वर्ष ठुलो मेला लाग्ने गर्दछ । उक्त मेला भर्न हाम्रो नेपालको तर्फबाट जुम्लाबाट सयौंको सङ्ख्यामा घोडाहरु जान्छन । भारतमा टाढा टाढाबाट आएका भारतीयहरु घोडाको मोल मोलाई गरी घोडाहरुको किनबेच गरिन्छ । जौलजिबी मेला दार्चुलाबासीका लागि ठुलो पर्वको रुपमा लिइन्छ । भारतमा पनि मुम्बई, दिल्ली, मथुरा लगायतका विभिन्न ठाउँबाट प्रत्येक वर्ष ब्यापारीहरु मेला भर्न आउने गर्दछन् । जौलजिबी मेलाको बारेमा चित्रण गर्दैगर्दा उक्त ठाउँको परिदृश्यको बारेमा वर्णन गर्नु सान्दर्भिक होला जस्तो लाग्छ । जौलजिबी दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाअन्तर्गत वडा नम्बर –७ मा महाकाली नदीको किनारमा अवस्थित रमणीय ठाउँ हो । अहिले त सडक बाटो घाटो यातायाको सुबिधा आदिले गर्दा व्यापार व्यवसायमा गति लिन नसके पनि पहिलेको भने व्यपारिक नाका नै हो । महाकाली नदीको पारी भारतमा पनि जौलजिबी रहेको छ । उक्त ठाउँ महाकाली नदी र गोरी गंगा नदीको संगम दोभानमा अवस्थित छ । महाकाली नदीमा भारत नेपाल जोड्ने झोलुङ्गे पुल रहेको छ । मेलाको बारेमा वर्णन गर्दैगर्दा यसको सुरुवातीलाई पनि उल्लेख गर्नु सान्दर्भिक ठानेको छु ।

२० औं शताब्दिको सुरुवात सन १९१४ मा भारत अस्कोटका पाल रजा गजेन्द्र बहादुर पालले जौलजिबी मेलाको सुरुवात गरेका हुन् । त्यति बेला जौलजिबी अति नै दुर्गम क्षेत्र थियो । यहाँबाट आवश्यक सामान किनमेल गर्न मानिसहरू पैदल अल्मोडा वा टनकपुर जाने गर्दथे । मानिसहरूको दुःख कष्टलाई ध्यानमा राखेर बर्षभरीकोलागि चाहिने सबै मालसामानहरू एकमुष्ट मेलामा नै उपलब्ध गराउने अभिप्रायले तल्लो मल्लो अस्कोटको केन्द्रबिन्दु महाकाली नदी र गोरी नदीको संगम स्थल दोभानमा अवस्थित अति रमणीय स्थान जौलजिबी (भारत) मा अस्कोटी राजाले यो मेलाको सुरुवात गरेका हुन् । मेलाको लागि चाहिने आवश्यक सरसामानको लागि आगरा, मथुरा, बरेली, दिल्ली, रामपुर मुरादाबाद, मेरठ, काशीपुर, रामनगर , अल्मोड़ा, हल्द्वानी र टनकपुरका व्यापारीहरू यस मेलामा आउने गर्दछन् । उक्त मेलामा मित्र राष्ट्र नेपाल र छिमेकी देश तिब्बतका व्यापारीहरूलाई पनि बोलाएकादथिए । मेलामा नेपाल र तिब्बतीहरूको उपस्थितीले गर्दा अन्तर्राष्ट्रिय स्तरको मेला हुन पुग्यो । यो मेला सुरुवातमा एक महिनासम्म लाग्ने गर्दथ्यो । सन १९६२ मा भारत र चीन बीच युद्धभएपछि मेलामा तिब्बतीहरूको उपस्थिती बन्द भयो । तीस वर्षपछि भारत–चीन व्यापार प्रारंभ भएपछि फेरी भारतीय व्यापारी तिब्बती सामानहरूको पसल लगाउन थालेका हुन् ।

अतः जौलजिबी मेला दार्चुलाबासीहरूको लागि एक महत्त्वपूर्ण चाड मेलाको रुपमा रहेको छ । मेलामा चर्खा, सर्कस, कलाकारहरुको सानदार प्रस्तुती हु्न्छ । मेलामा आगरा, मथुरा, बरेली, दिल्ली, रामपुर मुरादाबाद, मेरठ, काशीपुर, रामनगर , अल्मोड़ा, हल्द्वानी र टनकपुरका व्यापारीहरू आउने गर्दछन् । यस मेलामा भाँडाकुँडा , कपडा, गान्धी आश्रमको सिरक, गद्दा, दन (गलैजा), मिठाईका परिकारहरू आदि सबै सुलभ र सुपथ मूल्यमा उपलब्ध हुन्छन् । दार्चुला जिल्लाका नौ वटै स्थानीय तहबाट हजारौंको संख्यामा मेला भर्न जाने गर्दछन् । दार्चुला बाहेक नेपालका अन्य जिल्लाहरूबाट पनि मेलाको अवलोकनगर्न मानिसहरू सहभागी हुने गर्दछन् । नेपालमा नेशनल पसलहरू, होटलहरू आदि मुख्य आकर्षणको रुपमा रहेका छन् । घरमा उत्पादित घिउ, मह, सुन्तला, भटमास तथा अन्य दलहन, गुड लगायतका खाद्यवस्तुहरू जौलजिबी मेलामा बिक्रीवितरण पनि गरिन्छन् । नेपालको जुम्लाबाट आयातित घोडाहरू पनि मेलाको विशेष आकर्षणको रुपमा रहेका हुन्छन् ।

२०४५ साल मंसिर –३ गते म पनि मेला हेर्न भनेर केही नगद र एक किलो जति घिउ लगेर गए । दिनभरी मेलामा रमाइयो, चर्खा खेलियो, सर्कस हेरियो, बाल मिठाई पनि खाइयो । हुन त मलाई घरमा सब थोक पुगेको थियो । म घरको लाड प्यारले हुर्केको छोरो थिए । एस.एल.सी. दिएर नतिजाको पर्खाइमा पनि थिएँ । एक्कासी मेरो दिमागको केन्द्रीय भाग (ऋभलतचब िल्भचखयगक क्थकतझ–ऋल्क्) ले मलाई भारत जम्मु कस्मिरतिर घुम्न निर्देशित गर्याे र म साँझ ५ बजेतिर धारचूला पिथौरागढ डाँकगाडीमा पिथौरागढको लागि प्रस्थान भए । जोसमा होस गुमाउँदा के हुन्छ होला ? सहजै अनुमान लगाउन सक्नुहुन्छ । होस गुमाउँदा मैले घरपरिवार, आमा बुवा, छरछिमेक, आफन्त सबै बिर्सिएर उक्त डाँक गाडी (चिठ्ठी पत्र बोक्ने गाडी) मा सुईकुच्चा ठोके । घर परिवार बिर्सिए । म साच्चिकै बर्मा गएँ। त्यति बेला हाम्रो यता तिर विदेशिनुलाई बर्मा जानू भन्ने गर्दथे । अपरान्ह ८ः०० बजेतिर म पिथौरागढ सिल्थाम चौराह पुगेर बसबाट ओर्लिए । बसबाट ओर्लिएर सिल्थाम नजिकैको एक सामान्य होटलमा बास बस्न पुगे । भोलीपल्ट बिहान सबेरै ४ः०० बजे उठेर हातमुख धोई काँधमा झोला भिरेर साँच्चिकैको लाहुरे बनी कोठाबाट निस्कें । बस पार्क पत्ता लगाएँ । बसपार्क चाँहि सिमलगैर भन्ने ठाउँमा रहेछ र म सिमलगैरतिर बसपार्क खोज्दै आफ्नो बाटो लागे । बल्लतल्ल बसपार्क भेटाए । बसपार्क पुग्ने बित्तिकै टनकपुर बरेली… टनकपुर बरेली भन्ने चर्काे आवाज सुनियो र म पनि उतै तिर लागे । टिकट काउण्टरमा गएर बरेलीको टिकट लिएर करिब ५ः०० बजे तिर बरेलीको लागि रमाना भए । त्यो बेलाको बसको यात्रा सम्झदा अहिले पनि मलाई बसमा म कहिल्यै पनि यात्रा नगरुँला जस्तो लाग्छ हजुर सत्य बोल्नु पर्दा । जीवनमा बसमा थोरैमात्र यात्रा गरेको मान्छे ती पहाडका नागबेली आकारका सडकका घुम्ती मोडहरूमा बसको गति संगै मेरो शरीरको गतिको तालमेल मिलाउन नसक्दा मेरो आन्द्रा नै बाहिर आउला जस्तो भएको थियो । येनकेन जीवनलाई दाउमा राखेरै भए पनि पिथौराषढ, घाँट, चम्पावत, लोहाघाट, टनकपुर, बनबासा, खटिमा हुँदै बरेली पुगियो ।

बरेलीमा एक जना नेपालका मित्र सँग भेट भयो । परिचय गरियो, रात भरि संगै बरेलीको खुला आकाश मुनि कठ्याङ्ग्रिने जाडोमा रात बितायौं । के भयो, कस्तो भयो होला भन्ने जिज्ञासामा यस पछिको लेखमा स्पष्ट पार्ने प्रयास गर्ने नै छु । भोलीपल्ट बिहानै दिल्ली जाने कुरा तय भयो । मैले भेटेका खेम राज भट्ट नाम बताउने नेपाली साथी दिल्लीमा गाडीका पार्टपुर्जा बेच्ने काम गर्छु भन्नू हुन्थ्यो कुन्नी ! बिहान ६ः०० बजे तिर तिनको कम्पनीको गाडी आयो र वहाँ कम्पनीको गाडीमा दिल्ली प्रस्थान भए । हामी एक अर्काबाट छुट्टियौं । आब पर्याे फसाद ! म पनि बिहान ६ः०० बजे देखि लगातर ११ नम्बर गाडीमा पैदल यात्री बनें । हाईवे रोड (राजमार्ग) लाई नछोडिकन कहिं कतै नरोकिएर खाना पानी बिना पागल जस्तै हिडिरहें ! मनमा हुन्शिखर देवताको नाम लिदै । हुनशिकर स्वामीलाई कोटी कोटी नमन गर्दछु । ११नम्बर गाडीको लगातारको यात्रा पछि साँझ ६ः०० बजे तिर रामपुर भन्ने ठाउँमा पुगेछु । १२ घण्टाको पैदल यात्राबाट लखतरान भएको म साहसी पागल छाना र मानाको खोजीमा हिंडे । पढ्दै जानुस रहस्यमय छ । मेला हेर्न गएको मान्छे गोजीमा भएको पैंसा मेलामा रमाउँदै र अहिलेको गन्तव्य (रामपुर) सम्म पुग्दा गोजी रित्तिन लागेको अवस्था…। सबै कुराको पोल खोलिदिएमा मलाई मनमा कुरा राख्न नसक्ने साहसी पागलको संज्ञा दिनुहुन्छ भन्ने संकोचले यो कुरालाई यहीं बिट मारे ।

मेला जाँदा ईजा (आमा) ले मलाई मिठाई ल्याउनू भनेर १ किलो घिउको डिब्बा दिनुभएको थियो । झोलाबाट घिउ निकालेर बेचेर खर्चको जोहो गर्ने विचार आयो मनमा । म १६ बर्षे ठिटो काँधमा झोला र हातमा घिउ बोकेर रामपुरका विभिन्न पसलहरु चहारीरहे । यति लामो यात्रामा म लखतरान भए जस्तै घिउ पनि घायल भैसक्यो होला भन्ने कुरा बिर्सेछु । घिउले दिनु पर्ने स्वाद, गन्ध, स्वरुप, रंग आदि डिब्बाको ढक्कन (बिर्काे) खोली हेर्दा त म छाँगाबाट खसेझैं भए । रामपुरको बैंक कालोनी सिबिटाकेजमा एक जना भद्र व्यक्तिसंग मुलाकात (भेट) हुन पुग्यो । धन्य हो ईष्टदेव हुन्शिकर साच्चीकै त्यो भद्र मान्छेको घट (मन) मा बसेछ । फेरि पनि हुन्शिकरलाई कोटी कोटी नमन गर्दछु ।

रामपुरमा त्यो भद्र व्यक्तिसँगको बसाई तथा मिलन र विछोडका कुराहरु पाठकलाई जिज्ञासा भएमा अर्काे लेखमा उल्लेख गर्ने नै छु । महाकवि लक्ष्मीप्रसाद देवकोटाको “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक“ भन्ने उक्ति जस्तै मेरो पनि एउटै लक्ष्य जम्मु कस्मिर जाने थियो । ३÷४ दिनको रामपुरको बसाइ पछि रेल (ट्रेन) बाट म फेरि जम्मु कस्मिरको लागि रमाना भएँ । बालकृष्ण समले भने जस्तै हे ईश्वर दुःखीको घरमा तिम्रो बास हुने भए मलाई अझ दुःख दे ! बरेलीको आकाश मुनिको कठ्याङ्ग्रिने रातलाई ओझेल पार्दै मंसिर महिनाको मध्य तिर जम्मु कस्मिरको खुला आकाश मुनि सिरसिरे बतास संगै थरथर काप्ने कठ्याङ्ग्रिने जाडोमा रेलवे स्टेशनमा बास बस्न पुगे । जम्मु कस्मिर रेलवे स्टेशनको रातको खुला आकाश मुनिको बसाइ सम्झदा अहिले पनि आङ सिरिङ्ग भएर आउँदछ । मंसिर महिनाको लगभग मध्यतिरको समय थियो । स्टेशनमा म दिउँसो करिब ४ः०० बजेतिर नै पुगि सकेको थिएँ ।

रेलवे स्टेसन मानिसहरुको भीडले खचाखच भरिएको थियो । त्यति बेला पनि सिरसिरे बतास त चलि नै रहेको थियो । फेरि यो मेरो बेहोसी मष्तिष्कले सोहि ठाउँमा विश्राम गर्न निर्देशित गर्याे र म त्यहीं कठ्याङ्रग्रिने जाडोमा बास बस्न पुगें । रातको १०ः०० बजि सक्दा त उक्त ठाउँमा शून्यता छायो । ड्युटि गर्ने २/४ पुलिस र राडी कम्बल सहितका २/४ जना सेनाका लाहुरे बाहेक कोहि थिएनन् । जाडोले गर्दा म त घरि यता घरि उता गर्न थालें । सुरुमा त पुलिसहरुले मलाई गालि गर्दै केरकार नगरेको भने होईन । मैले सबै कुरा पहाडी मिश्रित हिन्दीमा बृत्तान्त बताए पछि पुलिसको हवालबाट बचें । बिचरा ती पुलिस दाइहरुले रातभर आफ्नो कोठामा लगेर आगो तापेको कुरा अहिले पनि झल्झल्ति सम्झन्छुद। हे भगवान… जम्मु कश्मिर यात्रा सकेर पहाड दार्चुला फर्केर मैले जीवनमा यस्तो गल्ती कहिल्यै पनि नगर्ने प्रण गर्दै आफ्नो पढाइलाई निरन्तरता दिएर आफ्नो कर्म र भाग्यले गर्दा हातमुख जोडी रहेको कुरा जानकारी गराए ।
बाँकि संस्मरण … क्रमश …

लेखक : मान सिंह धामी दार्चुलाको मालिकार्जुन गाउँपालिका (हुनैनाथ) –४ गोठ्युडी (भौबाटा) का स्थानीय हुन । 

हाल कैलाली बहुमुखी क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्