ज्ञानी पार्की र गौरी भट्टको स्वरमा रहेको डोटीकी बाजकल्ली गीत सार्वजनिक

काठमाडाैं – गायक ज्ञानी पार्की र गायिका गौरी भट्टको स्वरमा रहेको “डोटीकी बाजकल्ली” गीत सार्वजनिक भएको छ । ज्ञानी पार्कीको लय संगीत रहेको उक्त गीत सुदूर धमाका युट्युब च्यानलबाट सार्वजनिक भएको छ । देउडा गीत प्रेमीहरुले निक्कै रुचाइएको उक्त गीतमा ज्ञानी पार्की र ज्योती पोखरेलले अभिनय गरेको छ । गोविन्द बल्लवले छायांकन गरेको छ भने कमल थापा विवेकले सम्पादन गरेको छ । प्रकाश क्षेत्रीले निर्देशन गरेको उक्त देउडा गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको थियो भने दिपक संगम बिसीले एरेन्ज गरेको छ ।

बैतडीको केटा र डोटीकी केटीबिच मायाप्रेम साटासाट गरेको उक्त गीतमा बयान गरिएको छ । सुरुमा हालखबर सोधेर गीतको सुरुवात गरिएको छ । मन घुम्दो मायाले, गंगा घुम्दो घुमाउरोले, आँखी चाल पायाले हान्दोछु नजरको तीर भनी गीतमा प्रेम शब्द झल्काएको छ । मेरो गाउँको बोली मिठो र भाषा मिठो, बगौचा अर्काको फुल भाँच्नेलाई पाप लाग्छ, भिक्षा दिनु जोगीलाई दैलोमा आएको बेला, मै डुल्दो तुखिलाई, मौरी डुल्दो बन फुललाइ जस्ता शब्दहरु समेटिएको उक्त गीत ४ दिनमा २६ हजार बढीले हेरेका छन् । देउडा खेलेर हारजीत गर्ने र जितेपछि मायाप्रेम गाँस्ने लगायतका मार्मिक शब्द समेटिएका छन् ।

दुई दर्जनभन्दा बढी गितमा शब्द संगित तथा एक दर्जन बढी देउडा गीतहरुमा स्वर दिइसकेका पार्कीले यो गितमा अभिनय समेत गरेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्