जगदिश महराको देउडा गीत “मै परदेशी” सार्वजनिक

काठमाडाैं – जगदिश महराको देउडा गीत “मै परदेशी” सार्वजनिक भएको छ । सुदूर खबर वान को आधिकारिक युट्युब च्यानलबाट गीत सार्वजनिक भएको छ । जगदिश महरा र गौरी भट्टको स्वरमा रहेको उक्त गीतलाई किशोर भण्डारीले निर्देशन गर्नुभएको छ । कृष्ण सिराडीको छायांकन रहेको उक्त गीतलाई कुमार केबीले सम्पादन गरेको छ ।

उक्त गीतमा जगदिश महरा र पुजा धामीले अभिनय गरेको उक्त गीत पछिल्लो समय निक्कै रुचाइएको छ । भाग्यमा लेखेको रहेछ परदेशका कुना कुना, मेरी फुलकी भाडी ज्यू जोवन जनझुराए लगाएतका मार्मिक शब्द समावेश गरिएको छ । साइको झल्को आयो, सुत्ताले परानी सुक्यो, घरको चिन्ता जनगर्या, आफ्नो ख्याल राख्नु भनेर गीतमा उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्