जसपाको ७५ सदस्यीय सुदूरपश्चिम प्रदेश समिति गठन, उपाध्यक्षमा दार्चुलाका महरा

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले सुदूरपश्चिम प्रदेश समिति गठन गरेको छ ।
शनिबार भएको प्रदेश भेलामा १३ सदस्यीय पदाधिकारी सहित ७५ जनाको समिति गठन गरेको उपाध्यक्ष जितेन्द्र महराले जानकारी दिए । अध्यक्षमा भगतराम थारु, वरिष्ठ उपाध्यक्षमा गोविन्द राज राना थारु, उपाध्यक्षमा निर्मला रिजाल, सञ्जय सक्सेना, बलबहादुर चौधरी, जितेन्द्रसिंह महरा, लक्ष्मीकान्त पनेरु र पुष्पराज जोशी रहेको छन् । यस्तै मुख्य सचिवमा राजु बम, सचिवमा प्यारेलाल राना, सरोज जोशी, दिपेश तिमिल्सेना, श्याम सिनाल र गोविन्द गुप्ता रहेका छन् भने कोषध्यक्षमा फुलमती महतो रहेकी छिन् । यस्तै सदस्यमा रमेश राना, राजेश कठरिया, चन्द्रप्रकाश चौधरी, भुपलाल चौधरी, नाथुराम कठरिया लगायत रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्